चलचित्र नआउँदै चर्चामा

- साप्ताहिक संवाददाता

श्रावण ३१, २०७५

६  वर्षीय बालकलाकार क्रिजन गौतम अभिनीत चलचित्र मेरी मामु प्रदर्शन हुन अब धेरै समय छैन । सन्तोष सेनले निर्माण गरेको उक्त चलचित्रको मुख्य भूमिकामा काम गरेका क्रिजनको डेब्यु चलचित्र प्रदर्शनमा नआउँदै चलचित्र क्षेत्रमा उनको खोजी सुरु भएको छ । मेरी मामुको सेटबाट क्रिजनको क्षमता बाहिरिएसँगै यतिवेला आधा दर्जन निर्माता क्रिजनलाई लिएर चलचित्र बनाउन तम्सिएका छन्, कतिपय चलचित्र त उनले साइन समेत गरिसकेको बताइन्छ । 

केही वर्षअघि बुटवलमा सम्पन्न अल नेपाल डान्स च्याम्पियनसिपमा उद्घोषण गरेर धेरैलाई आश्चर्यचकित तुल्याएका क्रिजनको उद्घोषण शैली देखेर दर्शक मात्र होइन, भारतको मुम्बईबाट आएका विशेष निर्णायक एवं चर्चित नृत्य प्रशिक्षक टेरेन्स लुइससमेत प्रभावित भएका थिए । लुइसले क्रिजनबाट प्रभावित भएर एक महिने नि:शुल्क प्रशिक्षणका लागि उनलाई मुम्बईसमेत पुर्‍याएका थिए । 

नृत्य र अभिनय दुवैमा राम्रो दख्खल राख्ने क्रिजनसँग काम गर्नेहरू भन्छन्– उनमा बहुप्रतिभा छ । अहिलेसम्म दर्जनौं कार्यक्रममा आकर्षक प्रस्तुति दिइसकेका क्रिजनको चलचित्र यात्रा कत्तिको सु:खद हुने हो भन्ने कुराचाहिँ हलमा चलचित्र लागेपछि नै थाहा हुनेछ ।

प्रकाशित :श्रावण ३१, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्