नागको उत्पत्ति कथा

- साप्ताहिक संवाददाता

श्रावण ३१, २०७५

जीवविज्ञान अनुसार पृथ्वीमा नाग वा सर्पको विकास अन्य जीवजन्तुसरह भएको हो । यद्यपि हिन्दू मान्यताले के भन्छ भने भगवान् ब्रह्माले जगत्मा जीवनको सृष्टिका लागि आफ्नो योग बलले दुई मानसपुत्र सिर्जना गरे । ती थिए– दक्ष प्रजापति र कश्यप । 

दक्ष प्रजापतिका कन्या अर्थात् छोरी मात्र थिए । दक्षका तिनै छोरीलाई उनीहरूका काका कश्यप ऋषिले पत्नीका रूपमा ग्रहण गरे । कश्यपका ३३ कोटी पत्नी थिए । तीमध्ये एक थिइन्— कद्रु । तिनै कद्रुबाट विभिन्न प्रकारका नाग वा सर्प जन्मिए । 

ती नाग पृथ्वीमा व्यापक रूपमा फैलिएपछि त्यसलाई समन गर्न कश्यप ऋषिले नै आफ्नी अर्की पत्नी बिनिताबाट गरुडलगायतका चराहरूलाई जन्म दिए अनि ती चराको आहाराका रूपमा तिनै नागलाई अघि सारे । 

त्यसै कारणले अहिले पनि गरुडलगायतका चरालाई नागको शत्रु मानिन्छ । मानिसले पनि नाग वा सर्पबाट सुरक्षित रहन गरुडको पूजा– आराधना गर्छन् । 

प्रकाशित :श्रावण ३१, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्