Teej banner

वर्षामा वाटरप्रुफ ग्याजेट

- साप्ताहिक संवाददाता

श्रावण २९, २०७५

वर्षातमा एक स्थानबाट अर्को स्थानमा जानुपर्ने बाध्यता हुन्छ । कतिपय अवस्थामा पानीमा भिज्ने सम्भावना पनि हुन्छ । त्यतिबेला आफूसँग भएका ग्याजेट सुरक्षित राख्नु पहिलो प्राथमिकता हुन्छ । पहिले स्मार्टफोन, क्यामेरा, इयरफोनजस्ता ग्याजेट वाटरप्रुफ थिएनन्, तर अहिले भने विभिन्न वाटरप्रुफ ग्याजेट बजारमा सरल ढंगमा उपलब्ध हुन थालेका छन् । कतिपय ग्याजेटका लागि वाटरप्रुफ एसेसरिजसमेत उपलब्ध हुन्छन् । 

एसेसरिज

वर्षातमा कतै टाढा जानुपर्‍यो र स्मार्टफोन वा क्यामेराजस्ता डिभाइसको ब्याट्री सकियो भने समस्या हुन्छ । यस्तो अवस्थामा पावर बैंक प्रयोग गर्न सकिन्छ । त्यसैगरी वाटरप्रुफ तथा केसप्रुफ ब्याट्री प्याक पनि उपलब्ध हुन्छन् । डाटा सुरक्षित राख्न पनि सही एसेसरिज आवश्यक हुन्छ । वाटरप्रुफ ग्याजेट खरिद गर्न नचाहनेहरूले भने प्रोटेक्टिभ ब्याग तथा स्लिभ्स प्रयोग गर्न सक्छन् । 

इयरफोन

अहिले इयरफोनसमेत वाटरप्रुफ आउन थालेका छन् । बोसको साउन्ड स्पोर्ट त्यसमध्येको एक हो । 

स्मार्टफोन

वाटरप्रुफ स्मार्टफोनलाई आईपी ६८ प्रमाणपत्र प्रदान गरिएको हुन्छ । यस्ता स्मार्टफोन पानीमा राख्दा वा भिज्दा कुनै समस्या हुँदैन । बजारमा हाल धेरै किसिमका वाटरप्रुफ स्मार्टफोन उपलब्ध छन् । आइफोन–८ तथा आइफोन एक्स वाटरप्रुफ स्मार्टफोन हुन् । वानप्लस–६, एचटीसीका केही डिभाइस तथा साओमीका स्मार्टफोन पनि वाटर रेजिस्टेन्ट छन् । त्यसैगरी सोनी एक्सपेरिया जेड–२ तथा सामसुङ एस–८ पनि वाटर रेजिस्टेन्ट छन् । यी स्मार्टफोनलाई पानी परिरहेका बेला पनि सहज ढंगमा प्रयोग गर्न सकिन्छ । 

प्रकाशित :श्रावण २९, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्