निताको प्रेम पीडा

- साप्ताहिक संवाददाता

श्रावण २८, २०७५

अभिनेत्री निता ढुङ्गानाको एक गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । उनले उक्त गीतको म्यूजिक भिडियोमा मायाले सताएर पीडा दिएको भावमा अभिनय गरेकी छिन् । उनलाई उनको मायाले उनी जता जान्छिन् उतै पुगेर  घुमी घुमी सताएको छ । 

गायिका माण्डवी त्रिपाठीले गाएको गीतको म्यूजिक भिडियोमा उनले यस्तो अभिनय गरेकी हुन् । नीतालाई म्यूजिक भिडियोमा अनन्त लामिछानेले साथ दिएका छन् । सार्वजनिक गीत संगीतकार विपिन आचार्यले लेखेका हुन् । गीतमा संगीत तथा संगीत संयोजन विपिनकै रहेको छ । 

गीतको म्यूजिक भिडियो भने समन अधिकारीले निर्देशन गरेका हुन् । शिवराम श्रेष्ठले खिचेको उक्त गीतको म्यूजिक भिडियो गायिका त्रिपाठीले आफ्नै युटुब च्यानलबाट सार्वजनिक गरेकी छिन् । 

गीतको म्यूजिक भिडियो :

प्रकाशित :श्रावण २८, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्