गहिरो प्रेममा पूजा–सुदर्शन !

- साप्ताहिक संवाददाता

श्रावण २८, २०७५

अभिनेत्री पूजा शर्मा तथा निर्देशक सुदर्शन थापाबीचको प्रेम सम्बन्धका बारेमाधेरैजसो जानकार नै छन्, तर यो जोडीले अहिलेसम्म एक–अर्कालाई मन पराउँछौं भनेर खुलासा गर्न भने सकेका छैनन् । भित्रभित्रै गुपचुप डेटमा रमाइरहेको यो जोडीले आफ्नो सम्बन्धका बारेमा नबोले पनि चलचित्र वृत्तमा भने यो मामिलामा यत्तिकै चियोचर्चा हुन्छ । 

त्यसैले पनि हिजोआज धेरैले यो विषयलाई त्यति महत्व दिँदैनन् । यद्यपि यही हप्ता अभिनेत्री पूजा शर्माले सुदर्शन थापासँगको आफ्नो सम्बन्ध गहिरो बन्दै गएको संकेत गरेकी छिन् । चलचित्र रामकहानीको ट्रेलर सार्वजनिक कार्यक्रममा सुदर्शन थापालाई इंगित गर्दै पूजाले भनिन्, ‘हो, उहाँ एकदमै ट्यालेन्ट हुनुहुन्छ, उहाँले निर्देशन गरेका अधिकांश चलचित्र सफल छन्, अहिले र विगतका केही चलचित्रमा मैले उहाँसँग काम गरेँ र भोलिका दिनमा पनि उहाँसँगै काम गर्नेछु ।’ 

पूजाले भनिन्, ‘भविष्यमा पनि उहाँभन्दा बाहिर गएर काम गर्नेछैन ।’ पूजाले यी कुरा भन्दा सुदर्शन भने मुस्कुराइरहें । एउटी अभिनेत्रीले जोसँग पनि काम गर्न सक्नुपर्छ तर पूजाले सुदर्शनप्रतिको मोह यसरी प्रकट गर्दा धेरैले भन्ने मौका पाइहाले, ‘भनेपछि पूजा–सुदर्शन गहिरो सम्बन्धमा छन् ।’

प्रकाशित :श्रावण २८, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्