टम्बो मोबाइल नेपाल भित्रियो

- साप्ताहिक संवाददाता

श्रावण २८, २०७५

नेपाली बजारमा नयाँ मोबाइल ब्रान्डका रूपमा भारतीय मोबाइल टम्बोको प्रवेश भएको छ । टम्बो मोबाइलले सन् २०१८ को अप्रिलमा पहिलो पटक भारतमा विभिन्न फोन सार्वजनिक गरेको थियो । शंकराचार्य मोबाइलले नेपाली बजारमा यो फोनको आधिकारिक आयात तथा बिक्री गर्नेछ । अहिलेलाई टम्बोका ६ वटा मोडलका बार फोन तथा २ वटा मोडलका स्मार्टफोन नेपाली बजारमा उपलब्ध हुनेछन् । 

स्मार्टफोनमा टिए–२ तथा टिए–३ नामका दुई फोन पनि चाँडै सार्वजनिक हुनेछन्, जुन सस्तो मूल्यका फोन हुन् । टम्बो ब्रान्डका फिचर फोनको न्यूनतम मूल्य १ हजार रुपैयाँभन्दा केही बढी छ । टम्बो मोबाइलका सबै मोडलमा २ सय दिनसम्मको रिप्लेसमेन्ट वारेन्टी तथा ३ सय ६५ दिनको स्क्रिन रिप्लेसमेन्ट प्रदान गरिने बताइएको छ ।

टम्बो मोबाइलका नेपालमा उपलब्ध हुने सबै स्मार्टफोनमा फेस रिकोग्निसन, फिंगरप्रिन्ट सेन्सर आदि फिचर समावेश छन् । यी फोनमा फोरजी भिओएलटिई सपोर्ट छ भने वाईफाई, ब्लुटुथ, जीपीएस, हेडफोन ज्याक आदि समेत जडान गरिएको छ । टम्बो सन् २०१७ मा स्थापना भएको भारतीय कम्पनी अगस्टन मोबाइलले चिनियाँ ओईएम कम्पनीसँगको ज्वाइन्ट भेन्चरमा ल्याएको मोबाइल ब्रान्ड हो । कम्पनीले उत्तर प्रदेशको ग्रेटर नोयडास्थित फ्याक्ट्रीमा यो ब्रान्डका फोन उत्पादन गर्छ ।

प्रकाशित :श्रावण २८, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्