कथा काठमाडौंको जून अनि तारा

- साप्ताहिक संवाददाता

श्रावण २६, २०७५

 

चलचित्र ‘कथा काठमाण्डौं’मा समावेश दोस्रो गीत सार्वजनिक भएको छ । असोज १२ गतेबाट अल नेपाल रिलिजको प्रचारमा रहेको चलचित्र यूनिटले केहि दिन अघि मात्रै पहिलो गीत सार्वजनिक गरेको थियो । सार्वजनिक गीतमा चलचित्रका ३ जोडी कलाकारलाई प्रस्तुत गरिएको छ । 

ईशा सुब्बाले लेखेको उक्त गीतमा दिपेश सुब्बाले संगीत दिएका छन् । गीतको कोरियोग्राफी चलचित्र निर्देशक संगीता श्रेष्ठले गरेकी छिन । 

कान्तिपुर टेलिभिजनमा टेलिफिल्म ‘कथा प्रेमका’ निर्देशन गर्दै आफुलाई निर्देशकका रुपमा प्रसतुत गरेकी संगीता यहि चलचित्र मार्फत निर्देशनमा डेब्यु गर्दैछिन् । यो चलचित्रमा प्रियंका कार्की, आयुष्मान देशराज जोशी, संजोग कोइराला, सन्ध्या केसी, प्रेक्षा अधिकारी, प्रमोद अग्रहरीले शिर्ष भूमिकामा रहेर अभिनय गरेका छन् ।

जून अनि ताराको भिडियो :

प्रकाशित :श्रावण २६, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्