न हिट, न फ्लप !
श्रावण २५, २०७५
जान्वी बोहोराले केही चलचित्रमा अभिनय गरेकी छिन् । सपना तिम्रो मेरोबाट करिअर सुरु गरेकी जान्वी त्यसपछि थप केही चलचित्रमा देखिइन् । उनले अभिनय गरेको चलचित्र शेरबहादुर केही महिनाअघि मात्र प्रदर्शनमा आयो तर फ्लप भयो । मेनुका प्रधानजस्ती कलाकारका अगाडि जान्वी कता हराइन् पत्तो भएन ।
उनले अभिनय गरेको अर्को चलचित्र भैरे अर्को फ्लप चलचित्रको सुचीमा चढ्यो । विदेशमा पुगेर विभिन्न हट तस्बिर सामाजिक सन्जालमा पोस्ट गर्ने जान्वी पत्रकार सम्मेलनमा समेत अरूलाई मात ख्वाउने पहिरनमा उपस्थित हुन्छिन् । जान्वीले केही समयअघि आफूलाई हिट अभिनेत्रीको तिर्खा लागेको बताएकी थिइन् ।
जान्वीलाई कसैले सिकाओस्, सामाजिक सन्जालमा तस्बिर राख्दै हट हुँ भनेर हिँड्दैमा हिट हुन सकिँदैन । प्रशंसक कमाउन दमदार अभिनय र उत्तिकै प्रभावकारी भूमिका पनि चाहिन्छ ।
प्रकाशित :श्रावण २५, २०७५



















तपाईको प्रतिक्रिया
कमेन्टको लागि यहाँ click गर्नुहोस्
फेसबूक कमेन्ट गर्नुहोस्
फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्