तीज साडी महोत्सव

- साप्ताहिक संवाददाता

श्रावण २५, २०७५

नेपाली नारीहरूको महान चाड तीज नजिकिँदैछ । यो अवसरमा विभिन्न कार्यक्रम आयोजित भैरहेका छन् । आज शुक्रबारदेखि सोमबारसम्म एम्बेसी हाउस, विशालनगरमा पुरानो फ्रेन्च साडी महोत्सव हुँदैछ । महोत्सवमा भारतीय, पाकिस्तानी, ढाकाका साडीहरू खरिद गर्न सकिनेछ भने हातले बुनिएको साडी पनि महोत्सवको आकर्षण हुनेछ । 

साडी बाहेक हातैले तयार पारिएका नेपाली लेहेंगा, जयपुरी कुर्ता सुटका साथै प्रदर्शनीमा परम्परागत गरगहना समेत उपलब्ध हुनेछन् । लखनउबाट आएका सेफले बनाएको बिरयानी तथा कबाब फुड स्टलको प्रमुख आकर्षण रहने यो महोत्सवमा घरमा बनाइएको अचार समेत खरिद गर्न सकिनेछ । 

आयोजक : गेट्माइ फेब्रिक डट्कम समय : ११ बजदेखि ७ बजेसम्म  स्थान : नक्साल, भाटभटेनी 

प्रकाशित :श्रावण २५, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्