टिन एजको प्रेम पर्दामा

- साप्ताहिक संवाददाता

श्रावण २५, २०७५

 

आजबाट प्रदर्शनमा आएको चलचित्र टिएज पूर्ण प्रेम कथामा आधारित छ । युवापुस्ताको फेसनेवल प्रेम, रोमान्स एवं प्रेममा आउने उतारचढावमा केन्द्रित यो चलचित्र हेलेन पाख्रिनको प्रस्तुतिमा तयार पारिएको हो । 

यो चलचित्रको निर्माण गत वर्ष नै भएको थियो भने चलचित्रको एउटा गीत र पोस्टर अघिल्लो वर्षनै सार्वजनिक गरिएको थियो । खासै प्रमोसन नगरिएको यो चलचित्रको कथा वसन्तजंग रायमाझीले लेखेका हुन् भने स्क्रिप्ट तथा संवाद सुमन उप्रेतीको छ । 

चलचित्र टिनएजका अधिकांश भाग काठमाडौं तथा आसपासका क्षेत्रमा खिचिएको हो । यो चलचित्र निर्माणमा ५० लाखको हाराहारीमा खर्च गरिएको बताइन्छ । 

निर्देशक : दिनेश पाख्रिन कलाकार : नरेशवीर सिंह, प्रतीक्षा खड्का, एन्जिला खड्गी, कृष्ण सिवाकोटी, सरिता राजभण्डारी, सरोज शाह, निर्मल स्याङतान तथा रेशम फिरिरी आदि ।

संगीत : विकास चौधरी तथा बसन्त सापकोटा

 

प्रकाशित :श्रावण २५, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्