पिरिम पर्‍या छन्

- साप्ताहिक संवाददाता

श्रावण २५, २०७५

निर्देशक : पुरन थापा कलाकार : दिलीप रायमाझी, जयकिसन बस्नेत, शुभेच्छा थापा, सुवास मेचे, रमेश बुढाथोकी, सोभित बस्नेत, राजाराम पौडेल, चाँदनी कोइराला, उमा कार्की, लय संग्रौला, पुरन थापा, सुरवीर पण्डित आदि ।

संगीत : विकास चौधरी तथा विनोद भुजेल

आज प्रदर्शनमा आएको पिरिम पर्‍या छन् हास्यविद्याको चलचित्र हो । यो चलचित्रको ट्ेरलर केही महिना अघि नै सार्वजनिक भएको थियो । काठमाडौं तथा आसपासका जिल्लामा खिचिएको चलचित्र पिरिम पर्‍या छन् मा ७० लाख जति लगानी भएको बताइन्छ । 

माता बसुन्धरा मुभिज तथा बन्धु फिल्म्सको यो संयुक्त प्रस्तुतिलाई विमल ढकालले खिचेका हुन् । गाउँले परिवेशको कथामा निर्माण गरिएको यो चलचित्रले सिंगल थिएटरका दर्शकलाई आकर्षित गर्ने अनुमान गरिएको छ । 

चलचित्रमा केही चिनिएका पात्र तथा विषयवस्तु हाँस्यप्रधान भएकाले निर्माण पक्ष चलचित्र चल्नेमा ढुक्क छ । लय संग्रौला तथा निरज थापाले संयुक्त रूपमा निर्माण गरेको यो चलचित्र देशका ५० भन्दा बढी हलमा प्रदर्शन हुने बताइएको छ ।

प्रकाशित :श्रावण २५, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्