साउन २५ देखि ३१ गतेसम्मको राशिफल

  • साप्ताहिक राशिफल

- रामप्रसाद सिटौला (फलित ज्योतिष)

श्रावण २५, २०७५

 

                                           साउन २७ गते : विश्व युवा दिवस 

                                             साउन ३१ गते : नाग पञ्चमी । 

 

मेष 

नाम तथा दाम आर्जन गर्न सकिनेछ । अरूको आशा गरी बसे पछि परिनेछ । विशेष कार्ययोजनाको जग बसाउन सकिनेछ । उपहारका साथ माया गर्ने व्यक्तिहरूको ओइरो लाग्न सक्छ । महत्वपूर्ण निर्णय हतारमा नगर्नुहोला । दृढताका साथ गरिएका सबै कार्यमा सफलता पाइनेछ । जिद्दी गर्ने स्वभावले समस्या सिर्जना गर्न सक्छ । 

वृष 

जटिल परिस्थितिका बीच प्रारम्भ गरिएको कामले उचित स्थान पाउनेछ । मन पराउने प्रेमी–प्रेमिका दोधारमा छन् । कम बोले राम्रो परिणाम हात लाग्नेछ । शिक्षामा थप मेहनत आवश्यक छ । पदोन्नतिको अवसरलाई चुनौतीका रूपमा आत्मसात् गर्नाले नयाँ उचाइमा पुगिनेछ । खरानी रंगको पहिरनले आशीर्वाद बर्साउनेछ । 

मिथुन 

आलस्यता उत्पन्न भै दैनिक कार्य ओझेलमा पर्न सक्छ । साथीहरूले समस्याको गाँठो फुकाउन सहयोग गर्नेछन् । खानपान तथा मनोरञ्जनमा संयमित रहनु नै बेश होला । प्रेमी–प्रेमिकासँग अविस्मरणीय क्षण बिताउन पाइनेछ । साताको अन्त्यतिर खर्च वृद्धि भै सापटीको चपेटामा पर्न सकिन्छ । स्वास्थ्यमा समुचित ध्यान दिनुहोला ।

कर्कट 

प्रशंसा गर्दै उपहारका साथ भेट्न आउनेहरूसँग सचेत रहनुहोला । बेरोजगार युवा–युवतीहरूलाई रोजगारी प्राप्त हुने सम्भावना छ । परिस्थिति पहिचान गरी गरिएको कार्यले उचित स्थान पाउनेछ । साथीहरूमा विश्वास गरी भर पर्दा थप आर्थिक संकट बेहोर्नुपर्ला । आर्थिक कारोबारबाट टाढै रहनु उचित हुन्छ । 

सिंह 

खर्च भए पनि लामो तथा छोटो दूरीको यात्रा हुने सम्भावना छ । टाढा भएका साथिभाइसँग सम्बन्ध बढ्नेछ । रातो रंगको प्रयोगले सकारात्मक परिणाम दिलाउनेछ । विशिष्ट व्यक्तिहरूसँग परिचित हुने अवसर जुर्नेछ । साताको अन्त्यमा शरीरमा असहजता महसुस हुन सक्छ ।    

कन्या 

अधुरा चाहना पूरा गर्ने समय आएको छ । आर्थिक क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । रोकिएका कामको गाँठो फुक्ने सम्भावना छ । कुनै पनि कार्य सम्पन्न गर्न ढिलाइ नगर्नुहोला । साताको अन्त्यमा प्रेमी–प्रेमिकाले नयाँ प्रस्ताव राख्ने सम्भावना छ । सवारी साधन चलाउँदा संयम अपनाउनुहोला ।  

तुला  

शुभचिन्तकहरूले विभिन्न जिम्मेवारी दिलाउनेछन् । अवरोध खडा गर्नेहरू सक्रिय भए पनि हिम्मतका साथ काममा जुट्नुहोला । प्रतिस्पर्धीहरूलाई उछिन्दै विशेष उपलब्धि हात पार्ने समय छ । राम्रै आम्दानी हुने रोजगारी प्राप्त होला । अरूलाई वचन दिँदा अप्ठ्यारोमा परिएला । अभिभावकहरूसँग वैचारिक द्वन्द्व हुनेछ भने सप्ताहन्तमा लक्ष्य प्राप्त गर्न सकिनेछ ।  

वृश्चिक 

पराक्रम बढ्नुका साथै काममा सोचेजस्तै सफलता हात पर्नेछ । विश्वास गरेकाहरूले धोका दिन सक्छन् । गुरुजनको प्रेरणाले मन दह्रो रहनुका साथै अध्ययनमा हौसला मिल्नेछ । सेवामूलक काम गरेर धन एवं पहिचान कमाउन सकिनेछ । प्रतिस्पर्धीहरूलाई उछिन्दै विशेष अवसरसमेत हात पार्न सकिएला । 

धनु 

अरूको मुख ताक्नाले पछि परिएला । नगद तथा उधारो कार्यमा सावधानी अपनाउनु पर्नेछ । मित्रवर्गले दिएको वचनअनुरूप समयमै आर्थिक सहयोग नगर्दा आर्थिक संकट बेहोर्नुपर्ला । परिस्थिति पहिचान गर्न सके प्रतिष्ठा वृद्धि हुनेछ । परोपकार तथा पूण्य आर्जनको काममा संलग्न भइनेछ ।

मकर 

कार्य सम्पादन गर्दा विशेष होसियारी अपनाउनुहोला । कार्यक्षमतामा स–साना त्रुटिले मर्यादामा चोट पुर्‍याउन सक्छन् । खर्चिलो यात्राले मनमा दुविधा उत्पन गराउला । विशेष प्रकारका व्यक्तिहरूसँग परिचित हुने अवसर जुट्नेछ । सेतो रंग प्रयोग गरे मेहनत खेर जानेछैन ।

कुम्भ 

अनावश्यक विवादबाट टाढै रहनुहोला । आइतबारदेखि विभिन्न अवसरले पछयाउनुका साथै स्थिति उत्साहपूर्ण रहनेछ । महत्वाकांक्षाले जोखिम निम्त्याउनेछ भने सद्व्यवहारले प्रतिष्ठा दिलाउनेछ । अरूको भर पर्दा गोप्य सूचना बाहिरिन सक्छ । कुरा लगाउनेहरूले सताउनेछन् । 

मीन 

कुरा काट्नेहरूले तपार्इंका कमजोरी पहिल्याउँदै षड्यन्त्रको घेरामा पार्ने प्रयास गरिरहेका छन्, स्वाभिमानले नै उनीहरूलाई परास्त गर्न सकिनेछ । सुधारोन्मुख मित्रतामा पुन: तुषारोपात लाग्न सक्छ । हेक्का राखी विचार आदान–प्रदान गर्नुहोला । साथीहरूसँग मनोरञ्जन गर्दा खर्च आफैंले बेहोर्नुपर्ला । 

प्रकाशित :श्रावण २५, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्