ग्रन्च हाफ पाइन्ट, क्रप टिसर्ट र नेट लङ बुट

- साप्ताहिक संवाददाता

श्रावण २४, २०७५

बजारमा अहिले चलेको आइटम हो— ग्रन्च जिन्स हाफ पाइन्ट । यो पाइन्टमा नाइटोभन्दा थोरै माथिसम्म आउने क्रप टिसर्ट लगाउने चलन छ । यस्तो हाफ पाइन्ट र टिसर्टसँग नेट कटेड बुट म्याच हुन्छ । अहिले बजारमा चलेको पनि यही नै छ । 

यसमा दुई किसिमका क्रप टिसर्ट बढी रुचाइएका छन् । एउटा साधारण क्रप र अर्को एकापट्टि पाखुराभन्दा मुनिसम्म झरेको । केही स्टाइलिस हुन मन पराउनेहरूले पाखुरामुनिसम्म झरेको क्रप रोज्ने गरेका छन् । क्रपसँग कटनका विभिन्न रङका हाफ पाइन्ट म्याच गरेर लगाउने ट्रेन्ड पनि छ । जिन्स हाफ पाइन्ट मन नपराउनेहरूको रोजाइमा कटनको हाफ पाइन्ट परेको पाइन्छ । 

हलिउडको नक्कलमा रमाउने काठमाडौंका फेसनेबल युवतीहरू नै क्रप टिसर्ट, ग्रन्च हाफ पाइन्ट तथा लङ स्पोर्ट्स सुजका पारखी हुन् । कतिपय युवती यसमा अझ स्टाइल थप्न हाफ पाइन्ट छोपेर घुँडासम्म आइपुग्ने लङ आउटर लगाउन रुचाउँछन् ।

मूल्य

क्रप टिसर्ट 

१ हजार ८ सयदेखि ५ हजार रुपैयाँसम्म

हाफ पाइन्ट

२ हजार ४ सयदेखि ४ हजार ५ सय रुपैयाँसम्म

नेट कटेड बुट

६ हजारदेखि ८ हजार रुपैयाँसम्म

लङ आउटर

२ हजारदेखि ८ हजार रुपैयाँसम्म

                                                               आभानी सिंह 

                                                   आभानी अपरेल्स, सिटी सेन्टर

प्रकाशित :श्रावण २४, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्