जिन्स लगाउँदा ध्यान दिनुपर्ने कुरा

- साप्ताहिक संवाददाता

श्रावण २४, २०७५

 

 सबै वर्गकाले जिन्स लगाउँछन् । 

 आकर्षक देखिने भएकाले जिन्स सबैको रोजाइमा पर्छ ।

 धेरैजसोले टाइट जिन्स लगाउँछन् । टाइट जिन्स लगाउँदा नसासम्बन्धी समस्या सिर्जना हुनसक्छ । 

 टाइट जिन्स लगाउँदा रक्त प्रवाहमा असर पर्न गै तिघ्रामा पीडा हुन सक्छ । 

 टाइट जिन्सले मांसपेशी तथा जोर्नीमा असर पार्न सक्छ । 

 लामो समयसम्म टाइट जिन्स लगाएर हिँडे दीर्घकालीन रूपमा हिपमा असर पर्न सक्छ ।

 

जिन्स खरिद गर्दा 

 बजारमा दुई दर्जनभन्दा बढी जिन्सका ब्रान्ड छन् । 

 जिन्स खरिद गर्नुअघि त्यसमा प्रयोग गरिएको फेब्रिकका बारेमा जानकारी लिनु राम्रो हुन्छ । 

 टिपिक्क टाँसिने भन्दा लुज र खुट्टा चलाउन सहज हुने किसिमको जिन्स खरिद गर्नुपर्छ । 

 जिन्स किन्दा रंगमा ध्यान दिनुपर्छ । काममा जाँदा गाढा रंग तथा घुम्न जाँदा हल्का रंगको जिन्स लगाउनु उपयुक्त मानिन्छ । 

प्रकाशित :श्रावण २४, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्