म घमन्डी छैन
श्रावण २४, २०७५
अभिनेत्री माला लिम्बू राम्रो अभिनय गर्न सक्ने कलाकार हुन् । कुनै चलचित्रमा अभियन गर्नुअघि कथा पढ्ने र उक्त विषयमा छलफल गरी सुझाव समेत पेस गर्ने बानीका कारण निर्माताहरू उनलाई चलचित्रमा काम गराउन डराउँछन् । हक्की स्वभावकी लिम्बू कुनै कुरामा चित्त नबुझे सिधै असहमतिसमेत जनाउँछिन् ।
तपाईं हक्की कि घमन्डी ?
दुवै होइन । म आफूलाई सही लागेको कुरा सहज ढंगले व्यक्त गर्छु । कुनै कुरामा चित्त नबुझे त्यसको प्रतिवाद गर्छु र आफूले जानेको कुरा अरूलाई भन्छु ।
आफ्नो रूपको घमन्ड कत्तिको छ ?
पटक्कै छैन । म रूपमा भन्दा पनि काममा विश्वास गर्छु ।
कस्ता चलचित्रमा अभिनय गर्नुहुन्छ ?
म प्राय:जसो चलचित्रको कथाप्रति न्याय गर्न सक्छु जस्तो लाग्यो भने मात्र काम गर्छु । नत्र सीधै गर्दिन भन्छु ।
बढी खर्चिलो हुनुहुन्छ रे ?
कसले भन्यो यस्तो कुरा तपाईंलाई ? म सामान्य मानिससरह नै खर्च गर्छु र कसैसँग त्यस्तो माग पनि गर्दिनँ ।
छिटो रिसाउनु हुन्छ हो ?
होइन, म आफूलाई चित्त नबुझेको कुरा स्पष्ट भन्छु, म मनमा कुरा राख्दिनँ । भएको कुरा भन्दा कोही रिसाउँछन् भने त्यसमा मेरो भन्नु केही छैन ।
प्रकाशित :श्रावण २४, २०७५



















तपाईको प्रतिक्रिया
कमेन्टको लागि यहाँ click गर्नुहोस्
फेसबूक कमेन्ट गर्नुहोस्
फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्