खगेन्द्रको रिस

- साप्ताहिक संवाददाता

श्रावण २४, २०७५

मोबाइलबाट फोन नगरी नहुने, तर मोबाइलले काम गरेन, ह्याङ भयो । त्यसपछि कलाकार, लेखक तथा निर्देशक खगेन्द्र लामिछानेको रिसको पारो तात्यो । खगेन्द्रले मोबाइललाई जोडले भित्तामा हिर्काए तर मोबाइल फुटेन । 

उनको रिस साम्य भएको थिएन अनि सिलौटामा राखेर मोबाइल फुटाए । लगत्तै उतिखेर नै बजार गएर मोबाइल किनेर ल्याए । आफूले अहिलेसम्म मोबाइल नहराए पनि पटक–पटक रिस उठेर मोबाइल फुटाएको खगेन्द्र बताउँछन् । 

रंगमञ्च र चलचित्रको क्षेत्रमा आफ्नो बेग्लै पहिचान बनाएका लामिछानेको निर्देशनको पाचौँ  नाटक अटलबहादुरको आतंकको रिहर्सलका क्रममा उनले पोखराका कलाकारहरूमाझ उक्त कुरा सेयर गरेका हुन् ।

 

प्रकाशित :श्रावण २४, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्