एन्ड्रोइडलाई प्रतिस्थापन गर्दैछ गुगलले

- साप्ताहिक संवाददाता

श्रावण २४, २०७५

गुगलका इन्जिनियरहरूको एक टिमले करिब २ वर्ष यता नयाँ अपरेटिङ सिस्टमका लागि कार्य गरिरहेको खुलासा भएको छ । ब्लुमबर्गले आफ्नो एक रिपोर्टमा बताए अनुसार उक्त प्रोजेक्टको नाम फुचसिया हो र यसले आगामी दिनमा हाल प्रचलित गुगलको एन्ड्रोइड अपरेटिङ सिस्टमलाई प्रतिस्थापन गर्नेछ । 

यसले हाल एन्ड्रोइडमा भएका सुरक्षासँग सम्बन्धित सबै कमी–कमजोरीलाई हटाउनेछ र सानो तथा ठूलो सबै स्क्रिन रिजोल्युसनलाई समेत सपोर्ट गर्नेछ । आगामी ३ वर्षभित्रै उक्त नयाँ अपरेटिङ सिस्टम प्रयोगमा आउने अनुमान गरिएको छ । 

नयाँ अपरेटिङ सिष्टमलाई इनहाउस ग्याजेटदेखि लिएर पिक्सेल फोन तथा स्मार्टफोन सबैमा प्रयोग गर्न सकिनेछ । हाल विश्वभर करिब ८५ प्रतिशत स्मार्टफोनमा एन्ड्रोइड अपरेटिङ सिस्टम प्रयोग भैरहेको छ । यद्यपि १० प्रतिशत मानिस मात्र एन्ड्रोइडको नयाँ फिचर अपडेट गर्न सक्छन् । नयाँ अपरेटिङ सिष्टमले यी सबै कमी पुरा गर्ने अपेक्षा गरिएको छ । 

प्रकाशित :श्रावण २४, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्