अलिशाले देखाइन् सम्भावना

- साप्ताहिक संवाददाता

श्रावण २३, २०७५

दर्जनौं म्युजिक भिडियोमा आकर्षक नृत्य गरिसकेकी एउटी मोडल तथा नृत्यांगना यतिबेला नेपाली चलचित्रमा अभिनेत्रीका रूपमा उदाएकी छिन् । अलिशा शर्माले अभिनय तथा नृत्य गरेका थुप्रै म्युजिक भिडियो यूट्युबको ट्ेरन्डिङमा परिसकेका छन् । अलिशाले अभिनय गरेको गायक दीपक बज्राचार्यको ‘मायाको डोरीले...’ गीतको भिडियो हालै ट्ेरन्डिङको अग्रस्थानसम्म पुगेको थियो ।

 हरेक विधाका नृत्यमा पारंगत शर्मा अघिल्लो साता प्रदर्शन भएको चलचित्र ‘चीँ मुसी चीँ’ मार्फत दर्शकमाझ आएकी छिन् । म्युजिक थ्रिलर चीँ मुसी चीँमा अलिशाले दुई अभिनेता सुशान्त कार्की तथा सुनील क्षेत्रीको बीचमा रहेर अभिनय गरेकी छिन् । पहिलो साता औसत व्यवसाय गरेको उक्त चलचित्रमार्फत अलिशाले भने राम्रो प्रशंसा पाएकी छिन् । 

पहिलो चलचित्रको उनको काम देखेर केही निर्माता–निर्देशकले उनलाई आफ्ना चलचित्रका लागि प्रस्ताव राख्न थालेका छन् । अलिशा भने आफूलाई यहाँसम्म ल्याउने म्युजिक भिडियोलाई चटक्कै छाडेर चलचित्रमा मात्रै सीमित हुने पक्षमा छैनन् । शर्मा भन्छिन्– भिडियोबाट बचेको समय मात्र चलचित्रलाई दिनेछु । 

प्रकाशित :श्रावण २३, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्