ब्रेकअपबारे बोलिन् दीपिका

- एजेन्सी

श्रावण २३, २०७५

बलिउडमा दीपिका पादुकोण तथा रणवीर कपुरको जोडीलाई सुपर मानिन्थ्यो, तर यो जोडीको सम्बन्धमा पूर्णविराम लागेको केही वर्ष भैसकेको छ । दीपिका अहिले रणवीर सिंहसँग प्रेम सम्बन्धमा छिन् भने रणवीर कपुर आलिया भट्टसँग रोमान्स गरिरहेका छन् । अहिलेसम्म दीपिका र रणवीरको ब्रेकअप किन भएको हो भन्ने कुरा कसैले पत्ता लगाउन सकेका थिएनन् । 

हालै दीपिकाले आफ्नो उक्त प्रेम सम्बन्ध तोडिनुको कारण सार्वजनिक गरेकी छिन् । उनले एक अन्तर्वार्तामा रणवीर कपुरको नाम नलिई ब्रेकअपको पीडा छताछुल्ल पारेकी हुन् । दीपिकाले भनेकी छन्— मैले उसलाई रंगेहात पक्रिएकी थिए ।

 त्यही बेला सबै माया, भावना भुलेर मैले अलग हुने फैसला गरेँ । उक्त अन्तर्वार्तामा दीपिकाले भनेकी छिन्— मेरा लागि कसैसँग सम्बन्धमा रहनु शारीरिक सम्बन्धमा रहनु मात्र होइन, भावनात्मक रूपमा पनि बाँधिने कुरा हो । 

प्रकाशित :श्रावण २३, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्