रामभक्त जोजिजूको मनको ढोका सार्वजनिक

- साप्ताहिक संवाददाता

श्रावण २३, २०७५

 सुगम संगीतका स्थापित गायक रामभक्त जोजिजू आफ्नो नयाँ गीतको म्युजिक भिडियोमार्फत दर्शक तथा स्रोतामाझ आएका छन् । 

यसै साता इमेज च्यानलबाट प्रिमियर गरिएको ‘मनको ढोका....’ शीर्षकको उक्त गीतको म्युजिक भिडियोलाई जोजिजूले आफ्नै आधिकारिक यूट्यूब च्यानल जोजिजू इन्टरटेन्मेन्टमा समेत अपलोड गरेका छन् । 

यसै साता यूट्युबमा अपलोड गरिएको आधुनिक शैलीको उक्त गीतमा गीतकार तथा संगीतकार रक्ष गुरुङका कर्णप्रिय शब्द तथा सुमधुर संगीत सुन्न सकिन्छ । गीतमा महाराज थापाको संगीत संयोजन छ ।

निकेश खड्काद्वारा निर्देशित उक्त म्युजिक भिडियोमा गायक जोजिजूले पहिलो पटक मोडलको रुपमा अभिनय समेत गरेका छन् । उनलाई लोकप्रिय अभिनेत्री वर्षा राउतले अभिनयमा साथ दिएकी छिन् । 

काठमाडौंको एउटा रिसोर्टका आकर्षक लोकेशनमा छायांकन गरिएको उक्त भिडियोमा राजिव समरको कोरियोग्राफी छ । ज्ञानेन्द्र शर्माद्वारा छायांकन गरिएको भिडियोलाई विकाश धमलाले सम्पादन गरेका हुन् ।

मनको ढोकाको म्युजिक भिडियो :

प्रकाशित :श्रावण २३, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्