रोजीको फूल हैन सार्वजनिक

- साप्ताहिक संवाददाता

श्रावण २२, २०७५

चलचित्र रोजीको पहिलो गीत सार्वजनिक भएको छ । चलचित्रको ‘फूल होईन’ बोलको गीत सार्वजनिक भएको हो । सार्वजनिक गीतमा अभिनेता प्रदीप खड्का तथा मिरुना मगरलाई प्रस्तुत गरिएको छ । 

एलिस कार्कीद्धारा संगीतबद्ध गीतमा प्रताप दास र प्रविशा अधिकारीले स्वर दिएका छन् । राजेशकुमार श्रेष्ठको शब्दमा कविराज गहतराजको नृत्य निर्देशन छ । 

नीरक पौडेलले निर्देशन गरेको यो चलचित्र भदौ २२ गतेबाट अल नेपाल प्रदर्शनको प्रचारमा छ । चलचित्रमा अनुप सापकोटाको कथा र केदार भुषालको पटकथा छ । 

राजुविक्रम थापाको छायांकन, मित्रदेव गुरुङको सम्पादन, एलिस कार्की र अर्जुन पोखरेलको संगीत समावेश गरिएको छ । 

गीतको भिडियो :

प्रकाशित :श्रावण २२, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्