इग्नोर गर्दै आयांक

- साप्ताहिक संवाददाता

श्रावण २२, २०७५

अघिल्लो साता चलचित्र कथा काठमाडौंको ‘रातका कुरा...’ गीतको भिडियो सार्वजनिक भयो । संगीता श्रेष्ठद्वारा निर्देशित चलचित्रको उक्त पहिलो गीत यूट्युबमा अपलोड भए लगत्तै आलोचनाको शिकार हुन थाल्यो । आलोचकहरूको निशानामा परिन् अभिनेत्री प्रियंका कार्की । उक्त गीत अपलोड हुनुभन्दा केही दिनअघि मात्र आयुष्मान देशराज जोशीसँग इन्गेज्मेन्ट रिङ साटासाट गरेकी प्रियंकाले इन्दिरा जोशीको स्वरको उक्त गीतमा अभिनेता प्रमोद अग्रहरीसँग अन्तरंग दृश्य दिएकी छिन् । 

उक्त भिडियो सार्वजनिक भएपछि अधिकांश यूट्युब प्रयोगकर्ताले अभिनेत्री कार्कीको जमेर विरोध गरे । कतिपयले त भिडियोलाई यूट्युबबाट हटाउन समेत माग गर्न भ्याए । केहीले भने अभिनेता आयुष्मानको भविष्यको चिन्ता जाहेर गरे । उक्त भिडियो सार्वजनिक हुँदा प्रियंका अमेरिका थिइन् भने आयुष्मान काठमाडौंमा । अहिले प्रियंका पनि काठमाडौं आइसकेकी छिन् । 

प्रियंका काठमाडौं आए लगत्तै आयुष्मान तथा प्रियंका दुवैले सामाजिक सञ्जालमा आफ्नो इन्गेज्मेन्टका सामूहिक तस्बिरहरू अपलोड गरिरहेका छन् । यसबाट के अनुमान गर्न सकिन्छ भने उक्त भिडियोले प्रियंका र आयुष्मानको जीवनमा कुनै प्रभाव पारेका छैन, त्यसैले उनीहरूका शुभचिन्तकहरूले खासै सुर्ता गर्नुपर्दैन । अझ रमाइलो कुरा के छ भने चलचित्र कथा काठमाडौंमा प्रियंका र आयुष्मान नै मुख्य भूमिका छन् । 

 

प्रकाशित :श्रावण २२, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्