ग्लोबल साइबर सेक्युरिटी समिट

- साप्ताहिक संवाददाता

श्रावण २२, २०७५

साइबर सुरक्षाका लागि विश्वव्यापी ऐक्यबद्धता जनाउँदै नेपालमा पहिलो पटक आयोजित दुईदिने सिस्को ग्लोबल साइबर सेक्युरिटी समिट–२०१८ सम्पन्न भएको छ । इन्फर्मेसन सेक्युरिटी रेस्पोन्स टिम नेपाल (एनपीसर्ट) को मुख्य आयोजना तथा आइसिटी फ्रेमको सहआयोजनामा होटल र्‍याडिसनमा सञ्चालित उक्त समिटमा साइबर अपराध, साइबर नीति र कानुन तथा सुरक्षाका विभिन्न अभ्यासका सम्बन्धमा छलफल भएको थियो ।

समिटका मुख्य वक्ता आइक्यान एसिया प्यासिफिकका रिजनल सेक्युरिटी, स्टाबिलिटी एन्ड रिजेलेन्सी म्यानेजर चाम्पिका वाइजायातुङ्गाले डोमेन नेम सेक्युरिटीका लागि विश्वभर अझै चेतना अभिवृद्धि हुन नसकेको बताए । वाइजायातुङ्गाले नेपालको राष्ट्रिय डोमेन (डट एनपी) पनि डोमेन नेम सेक्यरिटीमा पर्न नसकेको जानकारी दिए । उनले नेपालको राष्ट्रिय डोमेनलाई संरक्षित गर्न साइबर सेक्युरिटी विज्ञहरूको सामूहिक प्रयास आवश्यक भएको बताएका थिए ।

समिटमा साइबर सुरक्षासम्बन्धी विभिन्न विषयवस्तुमा नेपाल, भारत, श्रीलंका, बंगलादेश, अमेरिका तथा बेलायतका विज्ञहरूको उपस्थिति थियो । उक्त अवसरमा क्लाउड कम्प्यटिङ एन्ड सेक्यरिटी, म्यानेजिंग रिस्क इन डिजिटल इनभाइरोमेन्ट, थ्रेट एन्टेलिजेन्स सेयरिङ, यनिफाइड थ्रेट म्यानेजमेन्ट, साइबर सुरक्षाका लागि सचेतना आदि विषयमा छलफल तथा अन्तक्र्रिया गरिएको थियो । समिटमा सरकारी, व्यावसायिक, बैंक तथा वित्तीय संस्था, दूरसञ्चार एवं इन्टरनेट सेवाप्रदायक, शैक्षिक संस्था आदि क्षेत्रका करिब २ सय जनाको सहभागिता थियो । 

समिटकै अवसर पारेर पहिलो दिन शुक्रबार नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) एवं राष्ट्रिय कृषि तथा अनुसन्धान केन्द्र (नार्क)मा प्रि–समिट वर्कसप सञ्चालन गरिएको थियो । वर्कसपमा ‘साइबर सेक्युरिटी टेक्नोलोजी’ तथा ‘साइबर सेक्युरिटी क्याप्चर द फ्ल्याग (सिटिएफ)’ विषयमा सहभागीहरूलाई विभिन्न विधाका विज्ञहरूले क्षमता अभिवृद्धि तालिमसमेत प्रदान गरेका थिए । 

प्रकाशित :श्रावण २२, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्