गीत र ट्रेलर एकैसाथ

- साप्ताहिक संवाददाता

श्रावण २१, २०७५

चलचित्र ‘रेनी’ को ट्रेलर र मलाई गीत एकै साथ सार्वजनिक गरिएको छ । भदौ ८ गतेबाट प्रदर्शनको प्रचारमा रहेको चलचित्रको ‘नाइँ नाइँ’बोलको गीत र ट्रेलर राजधानीमा एक कार्यक्रमको आयोजना गरी सार्वजनिक गरिएको हो । 

 बिमला मल्ल र संजीव मल्लले निर्माण गरेको चलचित्रको सार्वजनिक गीतमा नवअभिनेत्री सनम मल्ल र अभिनेता दिपक ढकाललाई रोमान्टिक मुडमा प्रस्तुत गरिएको छ । 

पुस्कर सुनुवारको स्वर र संगीत रहेको उक्त गीतको कोरियोग्राफी मदन खड्काले गरेका हुन् । गिरिश रिजालको निर्देशनमा बनेको यो चलचित्रमा सरोज खनाल, सनम मल्ल, दीपक ढकाल, सुरवीर पण्डित, रमेश लम्साल लगायतका कलाकारले अभिनय गरेका छन् । 

चलचित्रको गीत :

 

प्रकाशित :श्रावण २१, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्