आउने भयो कर्निङ गोरिल्ला ग्लास–६

- साप्ताहिक संवाददाता

श्रावण २१, २०७५

 

अमेरिकी टेक्नोलोजी कम्पनी कर्निङले आफ्नो गोरिल्ला ग्लासको नयाँ भर्सन कर्निङ गोरिल्ला ग्लास–६ ल्याउने घोषणा गरेको छ । यो हालसम्मकै सर्वाधिक बलियो स्क्रिन प्रोटेक्सन ग्लास हुनेछ । यो ग्लास प्रयोग गरिएको स्मार्टफोनलाई १ मिटर अर्थात् करिब ३९ इन्च माथिबाट १५ पटक खसाल्दा पनि स्क्रिन नफुट्ने दाबी गरिएको छ । यो हाल प्रचलित गोरिल्ला ग्लास–५ को तुलनामा दोब्बर सुरक्षित भएको बताइएको छ । 

स्मार्टफोन खस्दा त्यसलाई फुट्नबाट जोगाउन प्रयोग गरिएको ग्लास अर्थात् सिसालाई गोरिल्ला ग्लास भनिन्छ । साधारण भाषामा यसलाई डिस्प्लेको माथि राखिएको सिसा भन्न सकिन्छ । एप्पल, सामसुङ, एलजी वा अन्य कम्पनीले आफ्ना स्मार्टफोनलाई कोर्निङ गोरिल्ला ग्लासले सुरक्षित बनाएका हुन्छन् । आगामी बर्ष अर्थात २०१९ मा बजारमा आउने स्मार्टफोनमा गोरिल्ला ग्लास–६ प्रयोग हुने अनुमान गरिएको छ ।

प्रकाशित :श्रावण २१, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्