मिस्टर भर्जिन प्यारोडी प्रतियोगिता

- साप्ताहिक संवाददाता

श्रावण २०, २०७५

पछिल्लो समय चलचित्र प्रमोसनका लागि चलचित्र मेकरहरुले विभिन्न उपायहरु अपनाउने गरेका छन् । चलचित्र मिस्टर भर्जिनले पनि एक नयाँ प्रतियोगिताको घोषणा गरेको छ । मिस्टर भर्जिन टिमले सार्वजनिक भएको चलचित्रको ट्रेलरको प्यारोडी बनाउने प्रतियोगिताको घोषणा गरेको हो ।

प्रतियोगीतामा ट्रेलरको प्यारोडी बनाएर सहभागीता जनाउन सकिने छ । आफूले निर्माण गरेको प्यारोडी दर्शक स्रोताले  info=tridentconcept@gmail.com मा पठाउन सक्ने चलचित्र यूनिटले जनाएको छ । 

प्यारोडी साउन ३० सम्म उक्त इमेलमा पठाउन सकिन्छ । सहभागी प्यारोडी मध्य उत्कृष्ट तीनले क्रमश: ५० हजार, २५ हजार र १० हजार रकम पुरस्कार जित्न सक्नेछन् । 

सेक्स कमेडीमा बनेको चलचित्र ‘मिस्टर भर्जिन’लाई बिरासत बस्नेतले निर्देशन गरेका हुन् । यही आउँदो भदौ १ गतेबाट प्रदर्शनमा आउने चलचित्रमा गौरव पहारी, विजय बराल ,कमलमणि नेपाल, मरिष्का पोखरेल, भोलाराज सापकोटा लगायतका कलाकारको अभिनय रहेको छ । 

प्रकाशित :श्रावण २०, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्