अनमोलसँग प्रियंका र भिटेन
श्रावण २०, २०७५
अभिनेता अनमोल केसी गायकका रूपमा प्रस्तुत हुने उनको जीवनकै पहिलो लाइभ कन्सर्टमा अर्का युवा गायक भिटेनले साथ दिने भएका छन् । आयोजक कमल जिसीका अनुसार युवा पुस्तामा भिटेनको क्रेज चुलिएका बेला अनमोलकै सिफारिसमा उनलाई कार्यक्रममा समावेश गर्न लागिएको हो ।
भदौ ९ गते बुटवलबाट प्रारम्भ हुने ‘अनमोल इभ’ मा अनमोलले प्रस्तुत गर्ने गीतमा सांगीतिक समुह संघर्षले ब्याकअप ब्यान्डका रूपमा सघाउनेछ भने अभिनेत्री प्रियंका कार्कीले नृत्य प्रस्तुत गर्नेछिन् ।
प्रकाशित :श्रावण २०, २०७५
तपाईको प्रतिक्रिया
कमेन्टको लागि यहाँ click गर्नुहोस्
फेसबूक कमेन्ट गर्नुहोस्
फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्