प्रेमध्वजको पुरानो गीत

- साप्ताहिक संवाददाता

श्रावण २०, २०७५

गीतकार विजय शिवाकोटीले आफ्नै रचनाको एउटा पुरानो गीत यसै साता फेसबुकमार्फत सार्वजनिक गरेका छन् । गायक प्रेमध्वज प्रधानको स्वरमा झण्डै १८ वर्षअघि रेकर्ड भएको एउटा गीतको म्युजिक भिडियो अहिले आएर सार्वजनिक भएको हो । 

‘गायक प्रेमध्वज प्रधानको स्वरमा मेरा तीनवटा गीत रेकर्ड भएका छन्, तीमध्ये यो पहिलो गीत भए पनि अहिले मात्र यसलाई सार्वजनिक गर्न सफल भएँ, गीतकार शिवकोटीले विभिन्न कारणले झण्डै दुई दशकअघि रेकर्ड भएर पनि भरखरै गीत श्रोतामाझ ल्याउन सकिएको बताए । 

जीवनदर्शनमा आधारित ‘जिन्दगीले जता लान्छ’ शीर्षकको उक्त गीतमा राजु सिंहको संगीत तथा अमुल कार्कीको संगीत संयोजन छ । राजेश श्रेष्ठले उक्त पुरानो गीतलाई नयाँ शैलीमा भिडियोमा उतारेका छन् । 

गीतको भिडियो :

 

प्रकाशित :श्रावण २०, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्