बन्द भयो याहु म्यासेन्जर

- साप्ताहिक संवाददाता

श्रावण २०, २०७५

 

म्यासेजिङको संसारमा क्रान्ति ल्याउन सफल याहु म्यासेन्जर बन्द भएको छ । कुनै समयमा एक–अर्कासँग सम्पर्क गर्न कम्प्युटर तथा इन्टरनेट प्रयोगकर्ताहरू याहु म्यासेन्जरकै प्रयोग गर्थे, यद्यपि गत जुलाई १७ देखि यो पूर्ण रूपमा बन्द भएको छ । 

पहिलो म्यासेन्जरका रूपमा आएको भए पनि पछि गुगल र माइक्रोसफ्टले याहु भन्दा राम्रो सेवा प्रदान गर्न थाले । त्यसपछि यसको लोकप्रियता घट्दै गएको थियो । अहिले त झन् भिडियोका साथै टेक्स्टको सुविधासमेत प्रदान गर्ने विभिन्न सेवा आइसकेका छन् । त्यसैले पनि याहुले आफ्नो सेवा बन्द गरेको हो । 

सन् १९९८ मा याहु पेजरका रूपमा लञ्च भएको यो सेवालाई १९९९ देखि याहु म्यासेन्जरका रूपमा ब्रान्डिङ गरिएको थियो । म्यासेन्जर रुम याहु म्यासेन्जरको चर्चित फिचर मानिन्थ्यो, जसमा विभिन्न देशमा रहेका प्रयोगकर्ताहरूसँग (नचिने पनि) च्याट गर्ने सुविधा हुन्थ्यो । च्याट रुम फिचर सन् २०१२ मै बन्द गरिएको थियो ।

प्रकाशित :श्रावण २०, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्