Teej banner

नर्कमा सजाय कम गराउन मिल्छ कि नाइँ ?

- साप्ताहिक संवाददाता

श्रावण २०, २०७५

 

फ्री वाइफाइको कुरा गर्थे, अब इन्टरनेट सेवामा कर लगाउने भएछन् । टेक्स म्यासेज र फेसबुक म्यासेन्जरमा समेत कर लगाऊ सरकार †

सम्झना

माया गर्ने मान्छे टाढिँदा पो मन दुख्छ त । तिमी त मायाको नाटक गर्ने मान्छे, अहँ दुखेको छैन मन, अझ हलुंगो महसुस गर्दैछु ।

अंशु आचार्य

आफूले जे बोल्दिए नि हुने, अरूले रमाइलो गर्दा जेल थुन्छु भन्ने ? हेप्यो सरकारले ।

                    B@tbnsaa

कस्तो अचम्मको सम्बन्ध न पाउने आस , न गुमाउने त्रास...तैपनि बसेको छ ‘उ’ दिलभित्र बास ।

मुन

दु:खलाई शब्दमा लेख्न सकिँदैन

मनको पीडा आँखाले देख्न सकिँदैन

आपत्विपत् यस्तै हुन्छन् अकस्मात् आउने

पीर–मर्का हत्केलाले छेक्न सकिदैन ।

मानुषी

भोलिपर्सि नर्कमा सजाय कम गराउन मिल्छ कि नाइँ ?

हाउगुजी

नेता र बाढीबीच प्रतिस्पर्धा छ रे नि त, कसले पहिले देश डुबाउने भनेर ।

सम्झना रिजाल

जापान टोकियो....बजार घुम्न गएका बेला भूपूलाई देखेर झन्डै स्वासै रोकियो ।

प्रदीप

तिम्रो एक नजरको झलक पनि घनघोर वर्षातपछिको हलुङ्गो बिहानजस्तो लाग्छ ।

लोयल लक्ष्मी

केटाहरूको मन सार्‍है कोमल हुन्छ त्यसैले त उनीहरू आफ्नी गर्लफ्रेन्डका साथसाथै अरूका गर्लफ्रेन्डको पनि लास्टै ख्याल राख्छन् ।

बेलासे

सबै केटालाई राम्री–राम्री केटी चाहिने रे । अनि हामीचैँ यो दुनियाँमा फर्सी बेच्न आ’को हो र ?

ठूली

काठमाडौंवासीको जिन्दगी नि साह्रै खत्तम छ...बाटाभरि मान्छे डुब्ने पानी छ, धारामा एक थोपा पानी छैन । 

पूनम पोखरेल

एउटा सपना टुटेर चकनाचुर भए पनि अर्को सपना देख्ने हौसला राख्नुलाई नै जीवन भनिन्छ ।

लक्ष्मी कार्की

‘तिम्रो मायामा म बर्बाद भएँ’ रे । कत्ति न मचाहिं उसको मायामा इन्जिनियर भा’ जस्तो ।

जमुना पोखरेल

सक्छौ जिन्दगीभर प्रेम गर, सक्दैनौ अरूमाथि विश्वासघात गरेर प्रेम शब्दको बदनाम नगर, साँचो प्रेम जिन्दगीमा एकचोटी हुन्छ बारम्बार होइन...

सम्झना

जिन्दगी आफैंले कोरेर बनाउने तस्बिर रहेछ । मेहनत गरे चित्र, अल्छी गरे विचित्र ।

ठकुरी मीरा

जिन्दगानीमा पहिलो पटक कत्रो हिम्मत गरेर एउटालाई आँखा झिम्क्याको, कालो चस्मा त खोल्नै बिर्सेछु गाँठे, त्यो पनि सपनामा ।

अप्सरा भट्टराई

धनी–गरिबको के कुरा गर्नु, देखाउने औकात फरक त होला, अरू त ‘खाने भातै हो, जाने घाटै हो’ ।

बांगो चोर

यहाँ कसको विश्वास गर्नु र खै ? बडेबडे मौसमविद् भारी वर्षा हुन्छ भन्दैछन्, यता चैं घाम लाग्न थालिसक्यो ।

तीर्थ प्रसाईं

जमाना खराब छ, त्यसैले असल नबन्नुहोला ।

असल शिरीष

हुनेवालाचाहिँ कहाँ छ कहाँ घरकाले बिहेको कुरा छिनिसके यहाँ ।

सिर्जना भुजेल

मलाई चैं किन–किन काठमाडौं पूरै डुबेर त्यहाँका सबै घरभेटी हाम्रो पहाड घरमा भाडामा बस्न जान बाध्य हुन् भन्ने लाम्च ।

ज्वाइँ सा’प

प्रकाशित :श्रावण २०, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्