Teej banner

रक्सीमा बाहेक कुनै चिजमा भरोसा रहेन

- संकलक : जीवन भट्टराई

श्रावण १९, २०७५

 

 

खडानन्द र हरिबोल ।

खडानन्द : आफ्नो प्रशंसा आफैं गर्नुपर्छ हरिबोल ।

हरिबोल : किन र ?

खडानन्द : बद्ख्वाइँ गर्न त आफ्नै वरिपरि प्रशस्त मान्छे भैहाल्छन् नि † 

खडानन्द र साथीहरू आ–आफ्नो ट्वाइलेट–बाथरुमको चर्चा गर्दै थिए ।

पहिलो : मेरो बाथरुममा ३ लाख रुपैयाँ खर्च भा’को छ ।

दोस्रो : मेरो त बाथरुमको टायल नै इटालीबाट झिकाएको, ५ लाख ६९ हजार त त्यसको मात्र पर्‍यो, अरू अक्डमबक्डमको त कुरै नगरुम् ।

खडानन्द : के कुरा गर्छौ ? म बिहानै पानीसहितको लोटा बोकेर जुन ट्वाइलेटमा जान्छु नि, त्यो ट्वाइलेट भा’को खेतको मूल्य नै डेढ करोड हो र त्यस्तो ट्वाइलेट त म दिनैपिच्छे चेन्ज गर्छु

खडानन्द अलि धेरै दिन ससुराली बसेछन्, उनलाई दिक्दार लाग्न थाल्यो । खडानन्द ससुरालीका छिमेकीसँग गफ 

गर्दै थिए ।

खडानन्द : हैन हौ, यो गाउँमा मनोरन्जनका कुनै साधन छैनन् ?

छिमेकी : यो गाउँमा भा’को मनोरन्जनको एउटै साधन, त्यो पनि हजुरले लिएर गैहाल्नुभो त, के गर्नु हजुर ?

खडानन्द सिरक किन्न 

बजार गए ।

खडानन्द : भाइ, यो सिरकले न्यानो त हुन्छ नि ?

पसले : न्यानोको कुरै छोड्नुस्, यो एउटा सिरक ओढ्नुभो भने तपाइलाई पसिनै आउँछ ।

खडानन्द : ए हो ? अनि दुइटा ओढें भने नि ?

पसले : दुइटा ओढ्नुभो भने त तपाइलाई ‘लु’ नै लाग्छ ।

खडु पत्नी क्लिनिकमा ।

खडु पत्नी : डाक्टर सा’ब, मेरा श्रीमान् खडानन्दले राती निद्रामा बोलेर हैरान पार्नुभो, कुनै

उपाय छ ?

डाक्टर : अँ, उपाय छ, उहाँलाई दिउँसो नै चाहेजति बोल्ने मौका दिनुहोस् ।

पत्नी : तिम्लाइ कुनै काम मिलाएर गर्न आउँदैन हैन ? यो ग्याँस सिलिन्डरको रेगुलेटर कसरी फेर्‍यौ ?

खडानन्द : किन ? के भयो र ?

पत्नी : हिजोदेखि दुई पटक दूध तताएको दुवै पटक फाट्यो ।

पत्नी : खडु, आज के बनाउँm ? खिचडी कि पुलाउ ?

खडानन्द : पहिले बनाऊ न, बनिसकेपछि हेरेर नाम राखौंला ।

खडानन्द र जीएफ फोनमा ।

खडानन्द : भनेको थिएँ 

मैले, हरेक मोडमा तिम्लाई सम्झिन्छु भनेर ।

जीएफ : अनि ?

खडानन्द : तर साला सडक पूरा सिधा रै’छ, कुनै मोड 

नै आएन ।

खडानन्द र साथी ।

खडानन्द : मलाई अलिकति पैसाको साह्रै अभर पर्‍यो, दे न यार † म जिन्दगीभर तेरो 

ऋणी रहनेछु 

हरिबोल : लु तँ यहाँबाट खुरुक्क भागिहाल् त खडे, मलाई थाहा भैसक्यो तैंले त्यो पैसो जिन्दगीभर तिर्दैनस् ।

खडानन्दको छोराका लागि केटी हेर्न गए बाबु–छोरा ।

खडानन्द : अँ त, के–के बनाउन जान्दछिन् तपाईंकी छोरी ?

केटीको बाबु : त्यसको बयान गरेर साध्ये छैन हजुर, सेल्फी लिँदा मात्र १५ थरीको मुख बनाउन सक्छे † 

खडानन्द एकाबिहानै बरबराउँदै थिए । हरिबोल टुप्लुक्क आइपुगे ।

हरिबोल : हैन के भयो खडानन्द ?

खडानन्द : समाचार हेर्‍या । कोकमा लेउ, चाउचाउमा सिसा, फ्रुटीमा गँड्यौला, चामलमा ढुङ्गा । त्यसका बाजे, रक्सीमा बाहेक अरू कुनै पनि चिजमा भरोसा नगरे हुने भो ।

हरिबोल : धनी र मध्यम 

वर्गीय परिवारको विवाहमा के फरक छ ?

खडानन्द : धनीको विवाहलगत्तै नवदम्पती हनिमुनका लागि विदेश जान्छन्, मध्यमवर्गीय परिवारको विवाहमा टेन्ट र क्याटरिङवालाले ६ महिना पछिसम्म पिछा गरिरहन्छ : मेरो ७ वटा चम्चा तथा १३ वटा प्लेट हरायो भनेर ?

अत्याचारी खडानन्दले मरेको ६ महिनापछि छोरालाई फोन गरे ।

खडानन्द : छोरा, जति पाप गर्नु छ, गरे हुन्छ ।

छोरा : किन र बुबा ?

खडानन्द : यहाँ नर्कमा अब खाली ठाउँ छैन, म पनि ६ महिनादेखि नर्कको कम्पाउन्ड वालमाथि टुक्रुक्क बस्या छु ।

हरिबोल : जिन्दगी के हो ?

खडानन्द : मोबाइलबाट फुर्सद पाएर बचेको समय ।

खडानन्द र जीएफ ।

जीएफ : खडु, आफ्नो टाउकोमा हात राख त ।

खडानन्द : किन र ?

जीएफ : राख न भन्या ।

खडानन्द : लु राखें, अब ?

जीएफ : लु, अब त्यो हातलाई टाउको वरिपरि 

छाम्दै घुमाऊ ।

खडानन्द : ल घुमाएँ ।

जीएफ : ल अझैँ दुई–तीन पटक त्यसै गर ।

खडानन्द : लु त्यसै गरें, अब ?

जीएफ : हो, अब निश्चित थाहा भयो होला नि, गधाको टाउकोमा सिङ हुँदैन भन्ने कुरा ।

प्रकाशित :श्रावण १९, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्