सकेको तिरौँला नत्र फिरिमा

- साप्ताहिक संवाददाता

श्रावण १८, २०७५

अनामनगरस्थित मण्डला थिएटरमा सकेको तिरौँला नत्र फिरिमा नाटक मञ्चन हुने भएको छ । विकास जोशीको अनुवाद तथा निर्देशनको उक्त नाटक साउन १८ गतेदेखि भदौ १० सम्म चल्नेछ । नाटकमा सरिता गिरी, प्रमिला खनाल, अनुपम शर्मा, बिजय बराल, उमेश तामाङ आदि कलाकारले अभिनय गर्दैछन् ।

शिल्पीमा पिकनिक 

बत्तीसपुतलीस्थित शिल्पी थिएटरमा नाटक पिकनिकको मञ्चन सम्पन्न भएको छ । साउन १० देखि १६ गतेसम्म मञ्चित उक्त नाटकलाई आशान्त शर्माले आफ्नै लेखनमा निर्देशन गरेका थिए । नाटक पिकनिकमा रामबाबु रेग्मी, रेनुका सिंह, लब्ली चन्द, छिरिङ शेर्पा, दिपेन्द्र कार्की, अनिल कुर्मी, सुरज तमु, गोपिनी सेडाईं आदि कलाकारले अभिनय गरेका थिए भने त्यसमा विवेक भट्टराईले संगीत भरेका थिए ।

 

प्रकाशित :श्रावण १८, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्