आर्यन साम्राज्ञीको कायरा आजबाट

- साप्ताहिक संवाददाता

श्रावण १८, २०७५

निर्देशक : लक्ष्मण रिजाल कलाकार : आर्यन सिग्देल, साम्राज्ञी राज्यलक्ष्मी शाह, शिशिर राणा, हितेश शर्मा, सुरेश न्यौपाने, मरिषा श्रेष्ठ आदि । संगित : कोसिस क्षेत्री, अर्जुन पोखरेल, कल्याण सिंह

यो वर्षको बहु–प्रतीक्षित चलचित्र कायरा आज शुक्रबार ८० वटाभन्दा बढी हलमा एकसाथ प्रदर्शन भएको छ । यो चलचित्रले मल्टिप्लेक्स तथा सिंगल थिएटर दुवैमा राम्रै हल पाएको बताइन्छ । आर्यन सिग्देल इन्टरटेन्मेन्ट तथा आर एन्ड आर प्रोडक्सनको ब्यानरमा निर्माण भएको कायरा पूर्ण प्रेमकथामा आधारित चलचित्र हो । 

केही समयअघि सार्वजनिक गरिएको यो चलचित्रको ट्रेलरमा आर्यन र साम्राज्ञीबीच एक–अर्कालाई प्राप्त गर्ने संघर्ष एवं विछोड देखाइएको थियो । म्युजिकल लभ स्टोरी भनिएको यो चलचित्रको कथा लेख्न मात्रै एक वर्ष लागेको अभिनेता आर्यन सिग्देल बताउँछन् । गीत, ट्रेलर तथा पोस्टर सार्वजनिक भएसँगै दर्शकबाट निकै सकारात्मक प्रतिक्रिया पाएको चलचित्र कायराको सफलताप्रति निर्माण पक्ष ढुक्क छ । 

निर्देशक लक्ष्मण रिजाल भन्छन्, ‘मैले अहिलेसम्म आधा दर्जन चलचित्र बनाएको छु, यो चलचित्रमा अन्य चलचित्रको तुलनामा एकदमै धेरै मेहनत परेको छ ।’ शिवराम श्रेष्ठको छायांकन, केदार भुसालको पटकथा तथा संवाद, बनिष शाह र मिलन श्रेष्ठको सम्पादनको चलचित्र कायराको सम्पूर्ण छायांकन फिलिपिन्समा गरिएको हो । फिलिपिन्सका दृश्य, आर्यन र साम्राज्ञीको केमेस्ट्री तथा गीत–संगीतले यो चलचित्र दर्शनीय बनाउने अपेक्षा छ ।

प्रकाशित :श्रावण १८, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्