सुशान्तको सिक्स प्याक

- साप्ताहिक संवाददाता

श्रावण १८, २०७५

झन्डै डेढ दशकदेखि अभिनयमा सक्रिय अभिनेता सुशान्त कार्की यतिबेला आफ्नो करियरकै महत्वपूर्ण मोडमा छन् । रंगमञ्चबाट मोडलिङ हुँदै अभिनयसम्म आइपुगेका यी अभिनेताले विगतमा बिन्दास, बिन्दास–२, सपना तिम्रो मेरो, सुन्तलीलाई भगाइ लग्यो झिल्केले, तीन घुम्तीजस्ता पृथक शैलीका चलचित्रमार्फत आफ्नो क्षमता प्रमाणित गर्दै आएका छन् । 

अहिले भने सुशान्तले आफूलाई एक्सन भूमिकामा केन्द्रित गर्न थालेका छन् ।  शुक्रवारदेखि प्रदर्शन भएको चलचित्र ‘चीं मुसी चीं’ को आफ्नो भूमिकाका लागि सुशान्तले ज्यान बनाउनै झन्डै एक वर्ष खर्चिएका छन् । सुशान्त एक वर्षको कठोर मेहनतपछि आफ्नो ज्यानमा सिक्स प्याक एप निकाल्न सफल भएका हुन् । 

चलचित्रको अभिनयबाहेक अधिकांश समय जिमखानामा बिताएका सुशान्तले ज्यान बनाउनकै लागि दिनको १२ वटा अण्डा समेत सेवन गरे अनि खानपिनमा प्रसस्त ध्यान दिए । बल्ल सोचेजस्तो ज्यान बनेको छ, उत्साहित सुशान्तले मेहनत गरेर बनाएको ज्यानको अन्य चलचित्रमा समेत सदुपयोग गर्न सकिने धारणा व्यक्त गरे । 

 

प्रकाशित :श्रावण १८, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्