Teej banner

ट्रेलरमा मिस्टर भर्जिन

- साप्ताहिक संवाददाता

श्रावण १६, २०७५

भाद्र १ गतेबाट प्रदर्शनको प्रचारमा रहेको चलचित्र ‘मिस्टर भर्जिन’को ट्रेलर सार्वजनिक भएको छ । तीन युवाको कथालाई केन्द्रमा राखेर निर्माण गरिएको चलचित्रको सार्वजनिक ट्रेलरमा शिर्ष कलाकारलाई प्रस्तुत गरिएको छ । 

गौरव पहारी, विजय बराल, कमलमणि नेपाल तथा मरिष्का पोख्रेलले चलचित्रको शिर्ष भूमिकामा अभिनय गरेका छन् । 

बिषारद बस्नेतको निर्देशनमा बनेको यो चलचित्रमा  गौरव पहारी, विजय बराल, कमलमणि नेपाल र मरिष्का पोख्रेलका अलावा भोलाराज सापकोटा, रविन्द्र झा, सिर्जना सुब्बा लगायतका कलाकार पनि देखा पर्ने छन् । 

‘मिस्टर भर्जिन’ वर्ल्ड वाइड फिल्मस् डिस्ट्रीव्युसन प्रालीको ब्यानरमा निर्माण भएको चलचित्र हो । 

‘मिस्टर भर्जिन’को ट्रेलर :

 

प्रकाशित :श्रावण १६, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्