शर्मिलाको दौड

- साप्ताहिक संवाददाता

श्रावण १६, २०७५

भक्तपुरकी शर्मिला लामिछाने यतिबेला अमेरिकामा फेसन तथा मोडलिङमा वामे सर्दैछिन् । टेक्सासको युलेस बस्दै आएकी शर्मिलाले केही र्‍याम्प तथा ज्वेलरी शोमा क्याटवाक गरिसकेकी छिन् । उनी टेक्सासकै लोकप्रिय हलिउडको एक्टिङ र मोडलिङसम्बन्धी संस्था युएन नाइननाइन एजेन्सीमा एक्टिङ, मोडलिङ तथा डान्सको क्लास लिइरहेकी छिन् । 

शर्मिला तीनपटकको अन्तर्वार्तामा धेरै प्रश्नको सामना गरेपछि उक्त एजेन्सीको छनौटमा परेकी हुन् । हलिउड प्रवेश नै मेरो अन्तिम लक्ष्य हो, अहिले त्यसैका लागि एक्टिङ सिकिरहेकी छु, –शर्मिलाले बताइन् । शर्मिलाले ड्यालसका चर्चित फोटोग्राफर ग्रेग डानियल्ससँग फोटोसुट गराइसकेकी छिन् । उनलाई केही नेपाली चलचित्रबाट अफरसमेत आएको छ । 

फेसनेबल तर चुजी पहिरनकी सौखिन लामिछाने अहिले आफ्नो ध्यान फेसन तथा मोडलिङमै केन्द्रित गरिरहेकी छिन् । नृत्यमा समेत अब्बल शर्मिलालाई आफ्नो सुन्दरता, उचाइ, व्यक्तित्व तथा क्षमताले यो क्षेत्रमा लाग्न प्रेरित गरेको छ । पद्मकन्या कलेजबाट डिग्री पूरा गरेकी शर्मिला अंग्रेजी भाषामा पोख्त छिन् ।

 

प्रकाशित :श्रावण १६, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्