छक्का पञ्जा–३ को पहिलो नम्बर

- साप्ताहिक संवाददाता

श्रावण १५, २०७५

चलचित्र ‘छक्का पञ्जा–३’को पहिलो गीत सार्वजनिक गरिएको छ । सार्वजनिक ‘पहिलो नम्बरमा’ बोलको गीतमा चलचित्रका अधिकांश कलाकार फचिर्ड छन् । 

राजेन्द्र थापाको गीतमा संगीत दीपक शर्माले दिएका छन् । गीतमा डेविड शंकर र बिन्दु परियारको स्वर छ । कविराज गहतराजले कोरियोग्राफी गरेका छन् । गीतमा दीपकराज गिरी, दीपिका प्रसाईं, जितु नेपाल , केदार घिमिरे, संजोग कोइराला, प्रियंका कार्की, बर्षा राउत, स्वस्तिमा खड्का, बुद्धि तामाङसहित निर्देशक दीपाश्री निरौला पनि देखिएकी छिन् । 

दसैंमा रिलिज हुने चलचित्रको प्रचारप्रसारको सुरुवात गर्दै पहिलो गीत सार्वजनिक गरिएको हो । चलचित्रमा शिशिर राणा, शिशिर वाग्देल, लक्ष्मी गिरी, शारदा गिरी, बसन्त भट्ट लगायतको अभिनय छ । चलचित्रकी निर्देशक दीपाश्री हुन् भने यसमा कार्यकारी निर्माताको रुपमा जितु नेपाल र केदार घिमिरे छन् ।

पहिलो नम्बरमाको भिडियो :

प्रकाशित :श्रावण १५, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्