विश्वकपपश्चात् घुमघाममा खेलाडी

- साप्ताहिक संवाददाता

श्रावण १४, २०७५

विश्वकप फुटबलमा भएको हारको चोटमा मल्हम लगाउँदै बिदा मनाउन लियोनल मेस्सी तथा क्रिस्टियानो रोनाल्डो आ–आफ्नो परिवारका साथ विभिन्न रमणीय स्थान पुगेका छन् । मेसीले त्यसका लागि स्पेनको मनमोहक समुदी किनार चुनेका छन् । यस क्रममा मेसी श्रीमती एन्टोनेला रोकुजोका साथ मनोरञ्जनमा रमाइरहेको तस्बिर समेत सार्वजनिक भयो । एक लक्जरी यार्डमा रमाइरहेका मेसी तथा एन्टोनेलाका तस्बिर भाइरल पनि भए । विशेष गरी सेतो बिकिनीमा सजिएकी एन्टोनेलाको तस्बिरलाई धेरैले मन पराए । 

यता रोनाल्डो चाहिं श्रीमती जर्जिना रोड्रिग्वेज तथा छोराका साथ ग्रीस पुगे । त्यहाँ उनले एक लक्जरी होटलमा परिवारका सदस्य एवं साथीभाइहरूसँग बिदा मनाए । होटल छोड्दा उनले टिप्सका रूपमा प्रशस्तै रकम दिएको समाचार समेत सार्वजनिक भयो । रोनाल्डोले जर्जिना तथा साथीहरूसँगको तस्बिर सामाजिक सञ्जालमा राखेका छन् । 

इंग्ल्यान्डका खेलाडीहरू पनि आफ्नै तरिकाले विभिन्न स्थानमा बिदा मनाउन निस्किए । त्यस क्रममा ह्यारी म्याग्वेयर तथा रहिम स्टर्लिङलाई परिवारसहित यार्डमा यात्रा गरिरहेको देखियो । उनीहरू स्पेनको इबिजा पुगेका थिए । अर्का खेलाडी डेले अली अमेरिकाको लस एन्जेलसका विभिन्न स्थानमा रमाइरहेका देखिए । विश्वकपमा जितको खुसी मनाउन फ्रान्सका पाउला पोग्बा समेत लसएन्जलस पुगेका थिए । इंग्ल्यान्डका गोलकिपर जोर्डन पिकफोर्ड भने घर नजिककै स्कटल्यान्डको कार्नोस्टीमा देखापरे ।

प्रकाशित :श्रावण १४, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्