शाकाहारी खानेकुरा पाइने रेस्टुराँ

- साप्ताहिक संवाददाता

श्रावण १३, २०७५

साउन प्रारम्भ भएसँगै कतिले माछा, मासु बारेका छन् । यस्तो बेला शाकाहारी परिकार पाइने रेस्टुराँमा भीड बढ्न थालेको छ । शाकाहारी  परिकार तथा मिठाई पाइने राजधानीका केही प्रमुख रेस्टुराँ :

आँगन

झन्डै २२ वर्षअघि खुलेको आँगनका आउलेट त्रिपुरेश्वर पुतलीसडक, थापाथली, लाजिम्पाट, न्युरोड तथा ज्ञानेश्वरमा छन् । काठमाडौं बाहिर विराटनगर र पोखरामा पनि आँगनका शाखा छन् । 

खुल्ने समय : बिहान ९:३० बजे

गुलाब स्विट्स एन्ड रेस्टुराँ

सुन्धारा, न्युरोड तथा सिटी सेन्टरमा प्रमुख शाखा भएको गुलाब स्विट्स एण्ड रेस्टुराँ शाकाहारी खानेकुराका लागि प्रख्यात छ । छोलाभटुरा, चाट तथा मिठाइ यहाँ सबैभन्दा बढी अर्डर हुने आइटम हुन् ।

रामेश्वरम स्विट्स एन्ड स्न्याक्स

रसबरी, दूधबरी, राजभोग, समोसा आदिका लागि प्रख्यात रामेश्वरम स्विट्स एन्ड स्न्याक्सका शाखा न्युरोड, नयाँबानेश्वर, बत्तीसपुतली, अनामनगर तथा पेप्सीकोलामा छन् । यहाँ 

४५ प्रकारका मिठाईका साथै ५५ प्रकारका फास्टफुड उपलब्ध हुन्छन् ।

टिपटप समोसा 

समोसाका लागि प्रख्यात छ– टिपटप । महाराजगन्ज, न्युरोड, लगनखेलसहित ३ वटा शाखा छन्  टिपटपका । यहाँ समोसा बाहेक मिठाई समेत उपलब्ध हुन्छ ।

संगम स्वीट्स

मिठाई तथा शाकाहारी खानेकुराका लागि चर्चित छ, संगम स्वीट्स । बानेश्वर, कालिमाटी तथा कमलादीमा गरी यसका ३ वटा शाखा छन् । 

सारंगी रेस्टुराँ, काठमाडौं

ठमेलस्थित सारंगी रेस्टुराँ खुलेको ५ वर्ष पुग्दैछ । यो पूरै शाकाहारी रेस्टुराँ हो । यो रेस्टुराँ भेगनहरूका लागि पनि हो । दही, दूध, चिज, क्रिम, माछा, मासु आदि केही नखानेहरू यो रेस्टुराँमा पुग्छन् । यो रेस्टुराँको मेनुमा मेन कोर्समा १० तथा अन्य १० वटा गरेर जम्मा २० वटा आइटम छन् । सारंगीमा खाजा खान २ सयदेखि ३ सय रुपैयाँसम्म बोक्दा हुन्छ । रेस्टुराँका म्यानेजिङ डाइरेक्टर केदार गान्धारीका अनुसार यो रेस्टुराँ नेपाली तथा विदेशी सबै उपभोक्तामा लक्षित छ । 

स्पेशल परिकार : फार्मर प्लेट, नाथोस, भिजन चिज केक तथा सोयाबाइट

स्थान : ठमेल 

प्रकाशित :श्रावण १३, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्