नेपालमा चेक बाउन्सको ठूलै समस्या छ

- साप्ताहिक संवाददाता

श्रावण १३, २०७५

 

नेपालमा चेक बाउन्सको ठूलै समस्या छ (फ्रन्टपेज : बाउन्सको बबन्डर) । साना–ठूला कम्पनीहरूले समेत यस्तो खालका समस्या उब्जाइरहेका छन् । पटक–पटक यस्तो गतिविधि दोहोर्‍याउनेलाई कडा भन्दा कडा कारबाही नगर्ने हो भने यो क्रम चलिरहनेछ ।

रमेश पोखरेल

नयाँ नेपालका लागि जतिले बलिदान दिए तिनको अवमूल्यन भएको छ (यात्रा सन्दर्भ : सन्दर्भमा साहित्य) । राजनीतिक पात्रहरू जो शक्तिमा आए पनि पुरानै प्रवृत्ति दोहोरिरहेको छ । बेरोजगारी र बेथिति बढेको छ । विधिको शासन छैन । मनोमानी बढेको छ । किशोर नेपालको लेखमा उल्लेख गरिएका कुराले नेपालको वर्तमान तस्बिर छर्लङ्ग पारेको छ । 

खगेन्द्र लामा

सहरमा ट्रिपर आतंक बढेको छ (मंगल होस् : ट्रिपर आतंक बन्द गर्ने उपाय) । ट्रिपरले धेरैको ज्यान लिइसकेको छ । ट्रिपरलाई प्रशासनले नियमन गर्नुपर्छ ।

कृष्ण शर्मा

साप्ताहिकमा भगवान् शिव र साउनसम्बन्धी विशेष सामग्री पढ्न पाउनुपर्‍यो ।

कुमार अविरल

सुबिनजीको लेखले पुराना दिनको सम्झना दिलायो (युवा मन : नभएपछि) । झोला त नयाँ किन्न मिल्छ, तर सम्बन्ध र सम्झनाहरू भने किन्न मिल्दैन ।

राजु सुबेदी 

सरकारले प्राविधिक शिक्षामा जोड दिनु उपयुक्त हुन्छ (विश्वभर बिक्ने प्राविधिक शिक्षा) । सरकारले आ–आफ्नो रुचिको विषय छनौट गरेर प्राविधिक विषय पढ्ने वातावरण मिलाइदिए कसैले बेरोजगार बस्नु पर्दैनथ्यो ।

एलिना मगर

कथा दमदार नभएकाले पनि चलचित्र नचलेका हुन् (अन्तरवार्ता : जीवन आफ्नै स्टाइलमा बाँच्ने हो) । प्रस्तुति, अभिनयसँगै विषयवस्तु पनि उत्कृष्ट हुन जरुरी छ । आर्यन सिग्देलजस्ता अभिनेताले आफ्नो नयाँ शैली र सोचसहित अघि बढ्नुपर्छ । 

खेम रोका

शिखरमा पुगेका हरेक व्यक्तिले यस्तै दु:ख भोगेका हुन्छन् (संगीत : काठमाडौंका सडकमा भोकभोकै रात बिताएँ) । भिटेनको पनि दिन आउँदैछ । 

कमल रेग्मी

अवसर र सीपको खोजीमा रहेका युवाहरूका लागि यो ग्रुप उपयोगी रहेछ (साइन्स एन्ड टेक्नो : विद्यार्थीहरूका लागि फेसबुक डेभलपर्स सर्कल) । यसको अगुवाइ गरिरहेका चन्दन ठाकुर धन्यवादको पात्र हुनुहुन्छ । 

सुरज भण्डारी

वीणा गुरुङलाई हार्दिक श्रद्धाञ्जली (रहिनन् वीणा) । अम्बर गुरुङलाई अमर बनाउन उनको ठूलो योगदान छ । 

बिमल पाख्रिन

सवारी साधनमा यात्रा गरिरहेका बेला यो डिभाइस काम लाग्ने रहेछ । (हेलमेटमै ह्यान्ड्स फ्री) यो सजिलो पनि होला जस्तो छ । यसको प्रयोगले दुर्घटनामा पनि केही हदसम्म कमी आउने अपेक्षा गरौं ।

दीपक कार्की

टाढाटाढा यात्रा गर्नेहरू निकै समस्यामा छन् (समय सन्दर्भ : बर्खे विकास) । सडकहरू पिच हुनुका साथै वैकल्पिक मार्गको पनि विकास जरुरी छ । जनताका समस्या तत्काल समाधान गरिनुपर्छ ।

भीम पाठक

वर्षाका टिप्सबाट उपयोगी जानकारी पाइयो (वर्षाका स्वास्थ्य समस्या) । यस्तै समसामयिक टिप्स निरन्तर पढ्न पाइयोस् । 

दावा थापा

कस्तो अचम्मको समाचार (पहिलो विश्व : निर्जन टापुमा २९ वर्ष) † कसरी उनले २९ वर्ष त्यस्तो ठाउँमा बिताए होलान् ?

मनोहर पौडेल

मोडल पवित्रा आचार्यको कुरा सही लाग्यो (साउन वार्ता : देखाउनकै लागि व्रत नबसौं) । यहाँ मनैले व्रत बस्ने भन्दा देखाउन व्रत बस्नेहरू धेरै छन् । 

प्रसन्न अर्याल

मिस वल्र्ड डाइभर्सिटी–२०१८ की विजेता युनिता खत्रीलाई बधाई (मिस वल्र्ड डाइभर्सिटी २०१८) । नेपालको शिर उचो गरेकोमा धन्यवाद पनि ।

रबिन रेग्मी

आफ्नो करियरप्रति सचेत हुनु राम्रो हो (दयाको दाबी) । पैसाका लागि होइन, सन्तुष्टिका लागि गरिएको कर्मले राम्रो परिणाम दिन्छ । 

विक्रम शाही

मौलिक कथा नभएपछि कसरी चल्नु त (चलचित्र समीक्षा : चलेनन् असारका नेपाली चलचित्र) ? पैसाका पछाडि मात्र दौडँदा राम्रो चलचित्र बनाउन गार्‍हो हुन्छ । 

सोहन

रणवीर र आलियाको जोडी एकदम सुहाएको छ (रणवीर र आलियाको जोडी) । दुवैको अभिनय पनि दमदार छ । 

कमल खत्री

प्रकाशित :श्रावण १३, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्