अटलबहादुरको आतंक

- साप्ताहिक संवाददाता

श्रावण १२, २०७५

पोखरा थिएटरको गन्धर्व नाटकघरमा खगेन्द्र लामिछानेको लेखन तथा निर्देशनमा नाटक अटलबहादुरको आतंक मञ्चन भैरहेको छ । साउन ७ गते मञ्चन प्रारम्भ भएको यो नाटकको साउन १६ गतेसम्म प्रदर्शन हुने बताइएको छ । 

डेढ घण्टा लामो नाटक अटलबहादुरको आतंकमा माओत्से गुरुङ, प्रकाश घिमिरे, प्रमिला तुलाचन, दिलप्रसाद गुरुङ, गोविन्द रमण पराजुली, वर्षाकेशव पराजुली, विभु भुषाल, बबिता मल्ल ठकुरी, विश्वराज पौडेल, अञ्जु दाहाल, सूर्य सुवेदी, सम्झना सिर्पाली, योजना पहारी, धुर्व रोका, धीरेन्द्र पुन तथा प्रतीक घिमिरेले अभिनय गरिरहेका छन् । परिवर्तन कार्कीद्वारा संयोजित यो हरेक साँझ ५ बजे मञ्चन हुन्छ ।

 

प्रकाशित :श्रावण १२, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्