अष्ट्रेलियामा तीज मेला

- साप्ताहिक संवाददाता

श्रावण १२, २०७५

आउँदै गरेको हिन्दु महिलाहरुको महान् पर्व हरितालिका तीजको अवसरमा अष्ट्रेलियामा विशेष कार्यक्रमको आयोजना हुने भएको छ । अष्ट्रेलियामा रहेका युवाहरुद्धारा सञ्चालित ‘मायालु इन्टरटेन्मेड’ले कार्यक्रमको आयोजना गर्न लागेको हो ।  

हिन्दु नारीहरुको महान् पर्व हरितालिका तीजको अवसर पारेर तीज मेलाको आयोजना गर्न लागिएको कार्यक्र सह–आयोजक ‘मल्टी डाएनमिक’ ले जानकारी दिएको छ । मेला आउँदो अगस्ट ११ तारिखबाट सुरु हुने बताइएको छ । नेपाली रीतिरिवाजको संरक्षणको लागि कार्यक्रमको आयोजना गरीएको आयोजक सस्थाले जानकारी दिएको छ ।

मेलामा कोमल वली, सान्तीश्री परियार, खुमन अधिकारी र तेजस रेग्मीको सहभागीता रहनेछ । 

 

प्रकाशित :श्रावण १२, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्