अमेरिकामा ‘अन्जु पन्त सुमधुर सन्ध्या’ सम्पन्न

- साप्ताहिक संवाददाता

श्रावण ११, २०७५

अमेरिकाको बोस्टनमा ‘अन्जु पन्त सुमधुर सन्ध्या बोस्टन’ सम्पन्न भएको छ । २२ जुलाईको साँझ नेपालीहरुको बाक्लो उपस्तिथीमा पन्तको एकल साँझ सम्पन्न भएको हो । उक्त सुमधुर सन्ध्या भव्य रुपमा सफल भएको कार्यक्रम संयोजक सुरेश वाग्लेले बताएका छन् । छोटो समयको तयारीमा पनि भब्य कार्यक्रम सम्पन्न गर्न सकेकोमा संयोजक वाग्लेले खुशी ब्यक्त गरे । 

अमेरिका स्थित बोस्टनको आर्लिंगटन शहरको ‘रिजेन्ट थिएटर’सम्पन्न उत्त सुमधुर सन्ध्यामा बोस्टन आसपासका नेपालीहरूको वाक्लो उपस्थिति रहेको थियो । गायिका अन्जु पन्तको तेस्रो एकल गायन साँझका रूपमा सम्पन्न सुमधुर सन्ध्यामा उनले ‘न बिर्सें तिमीलाई’, ‘पूर्व पश्चिम रेल’, ‘सुर्के थैली खै’ लगायतका आफ्ना चर्चित गीत गाएकी थिईन् । 

उक्त एकल साँझमा सारङ्गीमा श्याम नेपाली, तवलामा सागर खतिवडा, बाँसुरीमा रञ्जन बुढाथोकी, ढोलकमा राज कपुर, ड्रममा उज्वल धौभडेल, किवोर्डमा अनुप भण्डारी, गीतारमा शैलेन्द्र सिंह, गीतारमा शुसिल घिमिरे, मादलमा अनुभव थपलियाले र प्रविन परियारले साथ दिएका थिए ।

नेपालमा लोकप्रियताको शिखरमा रहेकी अन्जुको अमेरिकामा यो नै पहिलो एकल गायन साँझ हो । कार्यक्रममा गायिका पन्तलाई हिमालयन हेरिटेज कल्चरल एकेडेमीका अध्यक्ष सुरेश वाग्ले र ग्रेटर बोस्टन नेपाली कम्युनिटीका अध्यक्ष विष्णुमणी आचार्यले सम्मान समेत गरेका थिए । हिमालय हेरिटेज कल्चरल एकडेमीको आयोजनामा सम्पन्न उक्त कार्यक्रम निकै उत्कृष्ट भएकोमा आफू निकै खुसी भएको गायिका अन्जुले नेपाली वेबसाइटलाई बताइन् ।

विगत केही बर्ष यता ‘अन्जु पन्त फाउन्डेसन’ नामक सामाजिक संस्थामार्फत् समाजसेवामा आवद्ध अन्जुले उक्त एकल साँझबाट प्राप्त आम्दानी पनि सोही फाउन्डेसन मार्फत् सामाजिक सेवमानै प्रयोग गर्ने बताएकी छिन् । 

प्रकाशित :श्रावण ११, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्