आजबाट सुकुलगुण्डा

- साप्ताहिक संवाददाता

श्रावण ११, २०७५

निर्देशक : मधुसुदन भट्टराई

कलाकार : जीवन लुईंटेल, खुश्बु खड्का, श्रीदेव भट्टराई, सुशिल पोखरेल, राजकुमार शाह, रामचन्द्र अधिकारी, संजय कार्की, रश्मी भट्ट, रमेश बस्नेत, शान्ति थापा, इन्द्र श्रेष्ठ आदि ।

अभिनेता जीवन लुईंटेललाई लामो समयपछि दर्शकमाझ ल्याउने चलचित्र ‘सुकुलगुण्डा’ को सार्वजनिक प्रदर्शन आज साउन ११ गते शुक्रवारदेखि प्रारम्भ भएको छ । पाका निर्माता महेश मुडभरीद्वारा निर्मित यो चलचित्र व्यवसायिक सुत्रमा आधारित चलचित्र हो । चलचित्रमा एकारित त्रिकोणात्मक प्रेम कथालाई प्राथमिकतामा राखिएको छ भने अर्कोतिर द्वन्द्वका रोमाञ्चक दृष्यमा पनि उत्तिकै मेहनत गरिएको छ । 

अभावै अभावमा हुर्किएको सुन्दर नामको पात्र तथा उसको जीव्नमा सुष्मा नामकी युवतीको प्रवेश संगै आउने परिवर्तनलाई चलचित्रको मुख्य विषयवस्तु बनाइएको छ । रमेश बस्नेत तथा मुना मुडभरी समेत निर्माता रहेको यो चलचित्रलाई शिव ढकालले छायांकन गरेका हुन् । चलचित्रको कथा एमपी मुडभरीले लेखेका हुन् । सुशील पोखरेलले चलचित्रको पटकथा तथा संवाद लेखेकी हुन् । चलचित्रमा नारायण पाण्डेको सम्पादन, कलम राई तथा प्रदीप श्रेष्ठको नृत्य निर्देशन, कुमार महर्जनको द्वन्द्व निर्देशन तथा शरण जोशीको संगीत निर्देशन छ ।

 

प्रकाशित :श्रावण ११, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्