चीँ मुसी चीँ

- साप्ताहिक संवाददाता

श्रावण ११, २०७५

निर्देशक : दिनेश श्रेष्ठ

कलाकार : सुशान्त कार्की, सुनिल क्षेत्री, अलिशा शर्मा, शिवराज कार्की, शेखर अधिकारी, कमली वाइवा, शशांक बस्याल आदि ।

संगीत : सुरज अधिकारी, किरण राज कार्की तथा रेगन क्षेत्री

चीँ मुसी चीँ शब्द सुनेर हरेकलाई आफ्नो बाल्यकालको सम्झना आउन सक्छ । यही शब्दमा निर्माण भएको चलचित्र आज शुक्रबार नेपाली चलचित्र हलहरूमा प्रदर्शनमा आउँदैछ । पछिल्ला केही हप्ता देशव्यापी रूपमा कन्सर्टको आयोजना गरेको यो चलचित्र झन्डै ७० वटा हलमा एकसाथ प्रदर्शनमा आउने निर्माण टिमले जानकारी दिएको छ ।

 शीर्षक सुन्दा हास्य वा बालबालिकाको कथामा आधारित भएको अनुमान लगाइए पनि यो चलचित्र म्युजिकल थ्रिलर श्रेणीमा निर्माण भएको निर्देशक दिनेश श्रेष्ठ बताउँछन् । श्रेष्ठका अनुसार यो चलचित्र सबै वर्गले हेर्न मिल्ने खालको छ । कोरियोग्राफीमा सुपरिचित सुनिल क्षेत्रीको धमकेदार अभिनय हेर्न लायकको भएको निर्देशक श्रेष्ठको दाबी छ । वासु न्यौपानेले खिचेको यो चलचित्रलाई भूपेन्द्र अधिकारीले सम्पादन गरेका हुन् । 

यो चलचित्रमा द्वन्द्वसमेत समावेश भएको बताइन्छ । ८५ लाखको लगानीमा निर्माण भएको चलचित्र चीँ मुसी चीँ पोखरा, काठमाडौं, दमौली, बैंकक आदि स्थानमा खिचिएको हो ।

प्रकाशित :श्रावण ११, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्