सांस्कृतिक कार्यक्रम फुड फेस्टिभल

- साप्ताहिक संवाददाता

श्रावण ११, २०७५

आज शुक्रबार एभरेस्ट कलेज, थापाथलीमा सानो पाइला, समूहले सांस्कृतिक कार्यक्रमसहित फुड फेस्टिभलको आयोजना गर्दैछ । यो महोत्सवमा विशेषगरी नेवारी परिकार, ससेज, जुस, मम आदि खानेकुरा चाख्न पाइनेछ ।

त्यस बाहेक हस्तकलाका सामानहरू प्रदर्शनी तथा बिक्री मुख्य आकर्षणमा रहनेछन् । कलेजकै विद्यार्थीहरूले नाचगान तथा नाटक पनि देखाउनेछन् । महोत्सवबाट संकलित रकम रामेछाप जिल्लाको ग्रामीण भेगमा पुस्तकालय निर्माणका लागि खर्चिइने सानो पाइलाकी सदस्य अनिता श्रेष्ठले बताइन् ।

आयोजक : सानो पाइला समूह, एभरेस्ट कलेज, थापाथली

प्रवेश शुल्क : नि:शुल्क

समय : १० बजेदेखि ६ बजेसम्म ।

प्रकाशित :श्रावण ११, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्