सृष्टि र विनयको जोडी आजबाट हलमा

  • चलचित्र रोमियो एन्ड मुना

- साप्ताहिक संवाददाता

श्रावण ११, २०७५

निर्देशक : नरेशकुमार केसी कलाकार : विनय श्रेष्ठ तथा सृष्टि श्रेष्ठ संगीत : गौरव डोगाउँकर, कोसिस क्षेत्री तथा कालीप्रसाद बासकोटा

पूर्ण प्रेम कथामा आधारित चलचित्र रोमियो एन्ड मुना अभिनेता विनय श्रेष्ठ विकिनी गर्लसँग पत्रकार सम्मेलनमा उपस्थित भएका दिनदेखि नै चर्चामा थियो । 

थाइल्यान्ड तथा नेपालका आकर्षक स्थानमा खिचिएको यो चलचित्रका मुख्य पात्र विनय र सृष्टिबीचको प्रेमलाई फरक ढंगबाट प्रस्तुत गरिएको निर्देशक केसी बताउँछन् । 

निर्माण टिमले एक महिनाको अन्तरमा पोस्टर, गीत तथा ट्रेलर आदि सार्वजनिक गरी यो चलचित्रको प्रमोशन गरिरहेको थियो । प्रसन्न गोपाली, राम शर्मा, कविन शाक्य तथा विनय मिलेर निर्माण गरेको चलचित्र रोमियो एन्ड मुनामा २ करोडभन्दा बढी लगानी भएको बताइन्छ । 

सहरिया केटा र गाउँले केटीको प्रेमकथामा आधारित यो चलचित्रको कथा अब्बल भएको निर्देशक केसीको दाबी छ । दिपांकर सिक्देल तथा बाबु श्रेष्ठले खिचेको चलचित्र रोमियो एन्ड मुनालाई लोकेश बज्राचार्यले सम्पादन गरेका हुन् । 

प्रकाशित :श्रावण ११, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्