साउन ११ देखि १७ गतेसम्मको राशिफल

  • आज गुरुपूर्णिमा

- रामप्रसाद सिटौला (फलित ज्योतिष)

श्रावण ११, २०७५

 

                                                  साउन १२ गते : विश्व हेपाटाइटिस दिवस

                                                     साउन १३ गते : विश्व वाघ दिवस । 

मेष 

हात लागेका अवसरहरूलाई निरन्तरता दिन सके भविष्यको चिन्ता सहजै निर्मूल हुनेछ । चियोचर्चा गर्नेहरूसँग सावधानी अपनाउनुहोला । प्रेमी–प्रेमिकाबीचको खटपटमा मल्हम लगाउन नयाँ रणनीतिको आवश्यकता छ । साताको अन्त्यमा मन सवारी साधन खरिद गर्न उत्सुक होला । 

वृष 

धन प्राप्तिका निम्ति पेसा–व्यवसाय वा स्थान परिवर्तन हुन सक्छ । नयाँ किसिमको योजना तर्जुमा गर्दै समय खर्चिनुपर्ने अवस्था छ । सवारी साधन खरिद गर्ने वातावरण केही समयका लागि पछाडि धकेलिन सक्छ । परिवारका सदस्यहरूसँग धार्मिक कार्यमा सहभागी हुन पाइनेछ । चिसोबाट जोगिनुहोला ।  

मिथुन 

व्यवसायमा थप मुनाफा दिलाउन मित्रहरूले खुलेर सहयोग गर्नेछन् । सामाजिक संघ–संस्थामा काम गर्दा सकेसम्म कम बोल्नु नै आफ्नो हितमा हुनेछ । अभिभावकको प्रेरणा तथा हौसला पथपर्दशक सावित हुनेछ । पेटसम्बन्धी समस्याले पिरोल्न सक्छ । बाहिरी खानेकुरा खाँदा सावधानी अपनाउनुहोला । 

कर्कट 

प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिनेछ । तपाईंको लगनशिलताले राम्रै प्रतिष्ठा दिलाउनेछ । प्रतिस्पर्धाको दौडमा सहपाठीहरू पछि पर्लान् । रचनात्मक काम गरेर धेरैलाई आकर्षित गर्न सकिनेछ । तपाईंको जुक्ति–बुद्धिलाई साथीभाइले अनुमोदन गर्दै सहकार्यसमेत गर्नेछन् । लामो तथा छोटा यात्रा हुने सम्भावना छ ।  

सिंह 

पढाइ–लेखाइमा त्यति ध्यान दिन नसकिएला । चासो नभएका विषयमा सरोकार राख्दा दु:ख पाइनेछ । मन मिल्ने साथी फेला पर्नुका साथै प्रेमको बन्धनसमेत कसिन सक्छ । इँटा रंग प्रयोग गर्न सके चुनौतीहरू सामना गर्न ऊर्जा प्राप्त हुनेछ । साताको अन्त्यमा स्वास्थ्य समस्याले सताउन सक्छ ।  

कन्या 

विवादित विषयमा काम गर्न अग्रसर भइनेछ । आलोचक तथा असहयोगीहरू स्वत: परास्त होलान् । कामको राम्रो प्रतिफल हातपर्ने सम्भावना छ । मनको चञ्चलताबाट जोगिनुपर्नेछ । भोजभतेर तथा मनोरञ्जनमा सहभागी हुँदा समयको ख्याल गर्नुहोला ।   

तुला  

शक्तिशाली व्यक्तिसँगको भेटघाटले नौला कुरा सिक्ने अवसर जुटाउनेछ । खराब आचरण भएकाहरूबाट टाढा रहँदा नै आफ्नो कल्याण हुनेछ । सहयोगी हात अघि बढ्नेछन् । प्रेमिकाको सहयोग तथा सदभावबाटै उचाइमा पुग्न सकिनेछ । विभिन्न प्रतियोगितामा सफलता हात लाग्नेछ ।

वृश्चिक 

आफ्नै प्रयासले उन्नतिको मार्ग पहिल्याउन सकिनेछ । आँटेको काममा विशिष्ट व्यक्तिहरूको आर्शिवाद रहनेछ । भविष्यका निम्ति दिगो जग बसाउने बेला छ । निजी तथा सरकारी क्षेत्रबाट अवसर प्राप्त हुने सम्भावना छ । विद्वान्हरूको संगतमा  नयाँ कुरा सिक्न पाइनेछ । 

धनु  

अप्ठ्यारा समस्या सुल्झँदै जानेछन् भने धन एवं प्रतिष्ठा प्राप्त हुनेछ । प्रतिकूल परिस्थितिमा शुभचिन्तकहरू कमै हुनेछन् भने फाइदा उठाउनेहरू प्रशस्त फेला पर्लान् । तत्काललाई समस्या देखिए पनि सोमबारदेखि प्रगतिको मार्ग पहिल्याउन सकिनेछ । काम देखाएर धेरैको प्रशंसा बटुल्न सकिएला । समाजसेवातर्फ आकर्षित भइनेछ । 

मकर 

पारिवारिक खिचलोमा पछि हट्नुमै आफ्नो भलो छ । प्रतिस्पर्धाबीच अवसर आफनो पोल्टामा पर्नेछ । पूर्वपरिचित मित्रसँगको भलाकुसारी प्रेम जीवनमा परिणत हुन सक्छ । दिगो फाइदा हुने काम शुभारम्भ हुने योग छ । सवारी साधन चलाउदाँ सचेतता अपनाउनुहोला ।  

कुम्भ 

तार्किक क्षमता एवं बोलीको प्रभावले स्वरोजगार भइनेछ । प्रेमिकाको सुझावमा नयाँ कार्य सम्पन्न गर्न सकिनेछ । अफिसियल तथा घरायसी दुवैतर्फको कामले तनाव सिर्जना गर्न सक्छ  । योग, ध्यान तथा दैनिकी भ्रमणले मानसिक पीडा कम गर्नेछ ।

मीन 

ढिलै भए पनि तथ्य कुरा पत्ता लगाई असहज परिस्थितिको सामना गर्न सकिनेछ । आफ्नो क्षमता प्रदर्शन गरी इनाम प्राप्त गर्ने अनुकूल समय छ । मन मिल्ने साथीको सुझावमा मात्र भर पर्दा पछि परिएला । नाटकीय प्रेम गरी झुक्याउनेहरूसँग सचेत रहनुहोला । साताको अन्त्यमा धार्मिक कार्यमा संलग्न भइनेछ ।  

 

प्रकाशित :श्रावण ११, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्