के गर्दैछन् अनमोल ?

- साप्ताहिक संवाददाता

श्रावण १०, २०७५

चलचित्र ‘होस्टल’ को एउटा गीतमा अभिनेता अनमोल केसी गायकका रूपमा प्रस्तुत भएका छन् । कन्सर्टको झलक दिने ‘तु तु रु रु...’ शीर्षकको उक्त गीतमा अनमोलले लाइभ ब्यान्डसँगै गितार बोकेर गीत गाएका छन् । स्वप्निल शर्माको शब्द तथा द स्याडोज ब्यान्डको संगीतको उक्त गीतमा हेम लामाको वास्तविक स्वर छ भने अनमोलले चलचित्रका लागि लिपसिङ गरेका छन् । 

अनमोलले उक्त गीत आफ्नो जीवनकै पहिलो लाइभ कन्सर्टमा प्रस्तुत गर्ने तयारी थालेका छन् । भदौ ९ गते प्रारम्भ हुने ‘अनमोल इभ’ मा अनमोलले दिने प्रस्तुतिलाई हालसम्म गोप्य नै राखिएको थियो । उक्त कन्सर्टमा अनमोलले चलचित्र ‘होस्टल’ को ‘तु तु रु रु’ सहित चलचित्र ‘जेरी’ को ‘के यो माया हो...’ समेत प्रस्तुत गर्नेछन् । 

त्यसबाहेक अनमोलले कार्यक्रममा चलचित्र ‘कृ’ को ‘यति यति पानी....’ मा आकर्षक नृत्य गर्ने पनि बताइएको छ । भदौ ९ गते बुटबलबाट प्रारम्भ हुने अनमोल इभ भदौ १६ गते पोखरामा, भदौ २३ गते चितवनमा तथा भदौ २७ गते बिर्तामोडमा प्रस्तुत हुँदैछ, जहाँ अभिनेत्री प्रियंका कार्की तथा गायक भिटेनसमेत सहभागी हुनेछन् । 

 

प्रकाशित :श्रावण १०, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्