डि पाइरेट्स रेस्टुरेन्ट एण्ड बार

- साप्ताहिक संवाददाता

श्रावण ९, २०७५

वसन्तपुर दरबार स्क्वायरबाट दक्षिणतिर करिब ३ मिनेट हिंडेपछि पुगिन्छ— डी पाइरेट्स रेस्टुराँ एन्ड बार । यहाँको इन्टेरियर अन्यत्रको भन्दा फरक छ । भित्तामा विभिन्न कलाकृति कुँदिएका छन् । यो रेस्टुराँ निश्छल श्रेष्ठ, दिकेश शाही तथा महेश श्रेष्ठले मिलेर खोलेका हुन् ।

 थाई, इन्डियन एवं नेपाली परिकारहरूका लागि चर्चित यो रेस्टुराँमा ककटेल, मकटेलजस्ता पेय पदार्थ पनि उपलब्ध छन् । निम्नमध्यम वर्गका उपभोक्ताहरूलाई लक्षित डी पाइरेट्समा मूल्य पनि खासै महँगो नभएको महेश श्रेष्ठले बताए । 

रेस्टुराँमा एकै पटक १ सय ५० जना बस्न सक्छन् । सामान्यत: खाजाका लागि ४ सय रुपैयाँ बोके पुग्छ । खानाका अतिरिक्त यहाँ जन्मदिन, एनिभर्सरी, पास्नीजस्ता कार्यक्रमहरू पनि आयोजित गर्न सकिन्छ । डी पाइरेट्समा होम डेलिभरीको समेत व्यवस्था छ ।

स्पेशल परिकार : पाइरेट पिता (मूल्य ३ सय ५०)

खुल्ने समय : बिहान ११ देखि राति १० बजेसम्म

स्थान : झोछें, वसन्तपुर दरबार स्क्वायरभित्र 

प्रकाशित :श्रावण ९, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्